Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

तुर्माखाँद गाँउपालिकामा माटोको नमुना परिक्षण गरिँदै ( कुराकानि सहित )


तुर्माखाँद गाँउपालिकामा माटोको नमुना परिक्षण गरिने भएको छ । गाउँपालिका कृषि विकास शाखाको आर्थीक बर्ष २०७९÷०८० को बार्षिक स्वीकृत माटो नमुना परिक्षण कार्यक्रम अन्र्तगत माटोको नमुना परिक्षण गर्न लागीएको हो ।

नमुना परिक्षणका लागी आजबाट गाँउपालिकाका ८ वटै वडाका बिभीन्न स्थानहरुको माटो संकलन गर्न थालिएको गाँउपालिका अध्यक्ष डम्बर बहादुर बिसीले जानकारी दिएका छन् ।

प्रत्यक वडाका ४० देखी ४५ स्थान सम्मको माटो परिक्षण गरिने उनले बताएका छन् । माटो परिक्षण पछि कुन स्थानमा कुन खेती , तरकारी अथवा फलफुल लगाउदा उपयुक्त हुन्छ भन्ने कुरा प्रष्ट हुने र त्यही अनुसार किशानहरलाई ब्यावसायिक रुपमा कृषि पेशामा आबद्ध गराउने योजना भएको अध्यक्ष बिसीले बताएका छन् ।

भोली सम्म गाँउपालिकाका बिभीन्न स्थानहरुको माटो संकलन गरिने र त्यसपछि परिक्षण गरिने छ । नमुना माटो तथा मल परिक्षण प्रयोगशाला सुन्दरपुर कञ्चनपुरको प्राविधिक सहयोग र तुर्माखाँद गाउँपालिका कृषि विकास शाखाको आयोजनामा माटोको परिक्षण गर्न लागीएको हो ।

यसैबिच आज हामीले तुर्माखाँद गाँउपालिकाले गर्न लागेको माटोको नमुना परिक्षणका बिषयमा गाँउपालिकाका अध्यक्ष डम्बर बिसीसंग कुराकानि गरेका छौँ ।


क्याटेगोरी : कृषि

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode