Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीका २२ जना महिलालाई कृषि सामाग्री बितरण : यस्तो छ उपाध्यक्ष रावलको प्रतिबद्दता


बान्नीगढी जयगढ गाउँपालिकाका २२ जना कृषक महिलालाई कृषि सामाग्री बितरण गरिएको छ ।

सेवक नेपाल सु आहारा परियोजना र बान्नीगढी जयगढ गाउँपालिकाको सहकार्यमा पालिकाका २२ जना महिला कृषकहरूलाई कृषि सामाग्री बितरण गरिएको हो ।

जस अन्तर्गत वडा नम्बर ३ बर्दादेवीका नवदुर्गा कृषक समूहका १२ जना र वडा नम्बर २ जनालीकोटका उजेली कृषक समूहका १० जना कृषक महिलाहरूलाई थोपा सिँचाइ,बगैँचा पाइप ,पोली हाउस लगायतका जलवायु प्रविधिमैत्री कृषि सामाग्री बितरण गरिएका छन् ।

वडा नम्बर ३ बर्दादेवीका वडा अध्यक्ष नवराज साउँदको अध्यक्षतामा धारासैन लामागाउँका कृषक महिला र वडा नम्बर २ जनालीकोटका वडा अध्यक्ष नेत्र बहादुर साउँदको अध्यक्षतामा जनालीकोटका १० जना महिलाहरूलाई सामाग्री बितरण गरिएको छ ।

सामाग्री बितरण गर्दै गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले बितरण गरिएका कृषि सामाग्रीको सही सदुपयोग गर्न आग्रह गरेकी छन् । कृषि व्यवसाय मार्फत आर्थिक जिविको पार्जन गरि महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कृषि सामाग्री बितरण गरिएको उनको भनाई छ ।

गाउँपालिका र गैर सरकारी संस्थाको सहकार्यमा बितरण गरिएका कृषि सामाग्रीको सही सदुपयोग गरि कृषि व्यवसायबाट लाभ लिन उनले कृषक महिलाहरूलाई सुझाव दिएकी छन् ।

कृषकहरूले उत्पादन गरेका कृषि सामाग्रीको उचित मूल्य प्रदान गर्न र बजारीकरण गर्न गाउँपालिका सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरेकी छन् ।

बाईट : बिन्दु रावल


क्याटेगोरी : कृषि, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode