Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

छातासैनमा संचालित कृषि योजनाको अनुगमन : के भन्छन् गाउँपालिका अध्यक्ष साउँद (भिडिओ सहित)


बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ३ र ६ मा आलु विकास कार्यक्रम अन्तर्गत संचालित बिभिन्न कृषि योजनाको अनुगमन गरिएको छ ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद नेतृत्वको सरोकारवालाको टोलीले पालिकाको वडा नम्बर ३ को छातासैन र वडा नम्बर ६ दर्ना काँडाकोटमा आलु विकास कार्यक्रम अन्तर्गत संचालित बिभिन्न कृषि योजनाको अनुगमन गरेको हो ।

छातासैन र काँडाकोटमा गाउँपालिका र बिभिन्न परियोजनाको लागतका साना सिँचाई पोखरी,रष्टिक स्टोर लगायतका योजनाहरू कार्यान्वयन चरणमा रहेका छन् ।

छातासैनमा कृषि आधुनिकीकरण परियोजना र गाउँपालिकाको लागत साझेदारीमा निर्माणाधीन रष्टिक स्टोरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,आलु जोन कार्यक्रम अन्तर्गत परियोजनाको १८ लाख र बान्नीगढी जयगढ गाउँपालिकाको १ लाखको लागतमा छातासैनमा रस्टिक स्टोर निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

छातासैनमा गाउँपालिकाको कृषि विकास शाखाको आलु विकास कार्यक्रम अन्तर्गत ६ लाखको लागतमा २ वटा साना सिँचाई पोखरी निर्माण कार्य जारी रहेको छ भने दर्ना काँडाकोटमा ३ लाखको लागतमा साना सिँचाइ पोखरी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

दर्नामा कृषि विकास शाखाको आलु विकास कार्यक्रमको ३ लाख सहयोगमा दर्ना कृषि सहकारी संस्था मार्फत साना सिँचाई निर्माण भईरहेको हो ।

कृषि परियोजनाहरूको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले छातासैन र काँडाकोट क्षेत्रमा संचालित कृषि परियोजनाहरूको निर्माण कार्य सन्तोषजनक रहेको बताएका छन् ।

छातासैनमा कृषि तथा कृषि पर्यटनको प्रचुर सम्भावना रहेकोबारे आफू जानकार रहेको बताउँदै उनले आफ्नो कार्यकालमा छातासैन र काँडाकोटका प्रचुर सम्भावनालाई उजागर गरि भरपुर सदुपयोग गर्न कञ्जुस्याँइ नगर्ने उल्लेख गरेका छन् ।

छातासैनमा निर्माणाधीन रष्टिक स्टोर संचालनमा आएसंगै यस क्षेत्रका कृषकहरुले उत्पादन गरेका कृषी उत्पादनहरुको बजारीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष साउँदले विश्वास व्यक्त गरेका छन् ।

कृषकहरूलाई व्यवसायीक रुपमा आधुनिक कृषि प्रणालीमा आबद्ध गर्न गराउन गाउँपालिकाका तर्फबाट आवश्यक कार्यक्रमहरू संचालन गर्ने उनले उद्घोष गरेका छन् ।

अनुगमनमा गाउँपालिका उपाध्यक्ष बिन्दु रावल,गाउँपालिकाका प्रवक्ता मोहनलाल ताम्राकार कृषि शाखा प्रमुख गोविन्द ठकुल्ला लगायत सहभागी भएका थिए ।

कुराकानी :- टेक बहादुर साउँद

 


क्याटेगोरी : Podcast, कृषि, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode