Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्निगढीमा लम्पी स्किन भयावह बन्दै : कस्तो छ पछिल्लो अवस्था ? ( कुराकानि सहित )


बान्निगढी जयगढ गाँउपालिकामा लम्पी स्किन रोग भयावह रुपमा फैलिन थालेको छ । पछिल्ला केही दिन यता गाँउपालिकामा लम्पी स्किन डिजिज डरलाग्दो रुपमा फैलिन थालेको हो ।

अहिले गाँउपालिकाका ६ सय भन्दा बढी पसुचौपायमा यो रोगको संक्रमण देखिएको गाँउपालिकाका पशु शाखा प्रमुख हर्क बहादुर शाहीले जानकारी दिएका छन् । आधा दर्जन भन्दा बढी पशु चौपाए लम्पी स्किनकै कारण मरिसकेको पनि उनले उल्लेख गरेका छन् ।

शाहीले भने “ ६ सयभन्दा बढी पशु चौपाएमा संक्रमण भएको र ८ वटा पशु चौपाए मरिसकेको हामीसंग तथ्यांक छ ” । रोग नियन्त्रण गर्न आफु सक्रिय रहेको भएपनि टोल टोलमा खट्ने प्रयाप्त जनशक्ति नभएका कारण रोकथाममा समेत प्रभावकारी भुमिका खेल्न नसकिएको उनले बताएका छन् । खेतिपातिकै सिजनमा गोरुहरु लम्पसार पर्न थालेपछि किशानहरु भने चिन्तित बन्न थालेका छन् । धान , मकै , कोदो लगाउने तथा खेत रोप्ने समयमा गोरुहरु थला पर्न र मर्न थालेपछि किशानहरु चिन्तित बन्न थालेका हुन् ।

“ खेतिपातिको समय छ गोरुहरु भकाभक मर्न र थला पर्न थालेका छन सार्है अफ्ट्यारो भएको छ ” धारासैनका दल बहादुर साँउदले चिन्ता ब्यक्त गरे । गाँउपालिकाले रोग नियन्त्रणका लागी खासै चाँसो नदिएको उनले गुनासो गरेका छन् ।

यसैबिच आज हामीले बान्निगढी जयगढ गाँउपालिकामा भयावह रुपमा फैलिरहेको लम्पी स्किन रोगको अवस्था र रोग नियन्त्रण गर्न गाँउपालिकाले के गर्दै छ भन्ने विषयमा गाँउपालिकाका पशु शाखा प्रमुख हर्क बहादुर शाहीसंग कुराकानि गरेका छौँ ।


क्याटेगोरी : कृषि, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode