Hikmat Acharya
  • १ माघ २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

अछामका २ सहित सुदूरपश्चिमका ३ पालिकाले अझै ल्याएनन् बजेट


असार मसान्तभित्र बजेट ल्याउन नसक्ने सुदूरपश्चिमका तीन स्थानीय तहमा ‘बजेट होलिडे’ भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (१) र (५) अनुसार स्थानीय तहको सभामा बजेट पेस हुनुपर्ने र सोही दफाको उपदफा (६) बमोजिम असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।

त्यसरी बजेट पारित हुन नसकेका स्थानीय तहले १ साउनबाट एक रुपैयाँ पनि खर्च गर्न मिल्दैन । अर्थात्, बजेट होलिडे हुन्छ । तर, सुदूरपश्चिमका ३ गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् । गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेशका अनुसार आर्थिक वर्ष २०८१÷८२ सुरु भइसक्दा पनि सुदूरपश्चिमका ३ गाउँपालिकाले बजेट ल्याउन नसकेको हो ।

सुदूरपश्चिमका ५४ गाउँपालिकामा अछामको तुर्माखाद गाउँपालिका, अछामकै रामारोशन गाउँपालिका र बझाङकोे बित्थडचिर गाउँपालिकाले असार मसान्त कट्दा पनि बजेट ल्याउन नसकेका हुन् । गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेशका समन्वय अधिकृत नवराज उपाध्यायले यि तीन पालिकाले अझै बजेट ल्याउन नसकेको बताए ।

यसैबिच
सुदूरपश्चिमका २५ पालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रविष्ट गरेका छनन ८८ स्थानीय तहमध्ये बुधबारसम्म ६३ स्थानीय तहले मात्रै बजेट प्रविष्ट गरेका छन् । मन्त्रालयका अनुसार २५ स्थानीय तहले बजेट प्रविष्ट नगरेका हुन् ।

‘पालिकाहरुले समयमै बजेट ल्याउन नसक्नु राजनीतिक द्वन्द्व रहेको छ । प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिति, जनप्रतिनिधिबीच आपसी द्वन्द्व तथा बजेट विनियोजनमा विवाद लगायत कारण रहेको महासंघको भनाइ छ । महासंघका अनुसार गत वर्ष बजेट होलिडे हने पािा सामाजिक सुरक्षा भत्ता, शिक्षक, कर्मचारीको तलबदेखि सबै कुरा रोकिएको थियो ।


क्याटेगोरी : अर्थ-वाणिज्य, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode