Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कृषकलाई स्थापित गर्न नीति सहित बजेटको विनियोजन गर्ने उपाध्यक्ष रावलको प्रतिबद्धता (भिडिओ सहित)


कृषकहरूका लागी तरकारी खेती व्यवसाय प्रवर्द्धन सम्बन्धी क्षमता अभिवृद्धि तालिम जयगढमा सम्पन्न भएको छ ।

विद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत स्थानीय उत्पादन उपभोगमा जोड दिइए पश्चात् पालिकाका कृषकहरूका लागी उक्त तालिम प्रदान गरिएको हो ।

तालिममा बान्नीगढी जयगढ गाउँपालिकाका वडा नम्बर १ देखी ४ नम्बर वडाका कृषकहरू सहभागी भएका थिए ।

बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावलको अध्यक्षतामा भएको तालिममा कृषकहरूलाई लगानी अनुसार प्रतिफल र मुनाफा प्राप्तिका लागी अपनाउनु पर्ने सजगता र तरकारी खेतीको सम्भावना र चुनौतीका बिषयमा प्रशिक्षण दिइएको थियो ।

तालिमको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले कृषकहरूलाई आफ्नै गाउँ ठाउँमा स्थापित गराउन पालिकाले विशेष नीति बनाउने उद्घोष गरेकी छन् ।

उनका अनुसार पालिकाले आगामी आर्थिक बर्षदेखी कृषकहरूलाई लाभान्वित हुने गरि नीति सहित बजेटको व्यवस्थापन गर्ने छ ।

कृषकहरूले उत्पादन गरेको सामाग्रीहरूको उचित बजारीकरणसँगै अनुदान र प्राविधिक सहयोगमा जोड दिइने उपाध्यक्ष रावलले बताएकी छन् ।

तालिमको उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रवक्ता मोहनलाल ताम्राकार,कार्यपालिका सदस्य तुलसी थापा वडा अध्यक्ष पुरन शेट्टि लगायत अतिथि रहेका थिए ।

भिडिओ :-


क्याटेगोरी : कृषि, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode