Techie IT
  • २६ मंसीर २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

कृषकलाई स्थापित गर्न नीति सहित बजेटको विनियोजन गर्ने उपाध्यक्ष रावलको प्रतिबद्धता (भिडिओ सहित)


कृषकलाई स्थापित गर्न नीति सहित बजेटको विनियोजन गर्ने उपाध्यक्ष रावलको प्रतिबद्धता (भिडिओ सहित)

कृषकहरूका लागी तरकारी खेती व्यवसाय प्रवर्द्धन सम्बन्धी क्षमता अभिवृद्धि तालिम जयगढमा सम्पन्न भएको छ ।

विद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत स्थानीय उत्पादन उपभोगमा जोड दिइए पश्चात् पालिकाका कृषकहरूका लागी उक्त तालिम प्रदान गिएको हो ।

तालिममा बान्नीगढी जयगढ गाउँपालिकाका वडा नम्बर १ देखी ४ नम्बर वडाका कृषकहरू सहभागी भएका थिए ।

बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावलको अध्यक्षतामा भएको तालिममा कृषकहरूलाई लगानी अनुसार प्रतिफल र मुनाफा प्राप्तिका लागी अपनाउनु पर्ने सजगता र तरकारी खेतीको सम्भावना र चुनौतीका बिषयमा प्रशिक्षण दिइएको थियो ।

तालिमको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष बिन्दु रावलल ई आफ्नै गाउँ ठाउँमा स्थापित गराउन पालिकाले विशेष नीति बनाउने उद्घोष गरेकी छन् ।

उनका अनुसार पालिकाले आगामी आर्थिक बर्षदेखी कृषकहरूलाई लाभान्वित हुने गरि नीति सहित बजेटको व्यवस्थापन गर्ने छ ।

कृषकहरूले उत्पादन गरेको सामाग्रीहरूको उचित बजारीकरणसँगै अनुदान र प्राविधिक सहयोगमा जोड दिइने उपाध्यक्ष रावलले बताएकी छन् ।

तालिमको उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रक्ता मोहनलाल ा्ाार,कार्यपालिका सदस्य तुलसी थापा वडा अध्यक्ष पुरन शेट्टि लगायत अतिथि रहेका थिए ।

भिडिओ :-


क्याटेगोरी : कृषि, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode