Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

चौरपाटीमा शिक्षा समिति बैठक सम्पन्न : शैक्षिक सुधारका लागी यस्ता छन् निर्णय


चौरपाटी गाउँपालिकाको शिक्षा समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष तथा शिक्षा समिति संयोजक भीम बहादुर साउँदको अध्यक्षतामा शिक्षा समितिको बैठक सम्पन्न भएको हो ।

गाउँपालिकाको शैक्षिक क्षेत्रको सुधारका लागी बैठकबाट विभिन्न निर्णय पारित गरिएका छन् । गाउँपालिकाको शिक्षा क्षेत्रको सुधारका लागी शिक्षक,अभिभावक,विद्यार्थी लगायत सरोकारवालालाई जागरूक तथा जिम्मेवार बनाउन विभिन्न रणनीतिहरू अवलम्बन गर्ने निर्णय बैठकले गरेको हो ।

जस अन्तर्गत विद्यालयको शैक्षिक स्थिति सुधार गर्न शिक्षक विद्यार्थीको उपस्थिति बढाउने,कक्षा कोठाको उचित व्यवस्थापन गर्ने,शिक्षकलाई शैक्षिक सामाग्रीको भरपुर प्रयोग गरी शिक्षण गर्न प्रोत्साहन गर्ने,विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवार बनाउने शिक्षा समितिको बैठकले निर्णय गरेको छ ।

यस्तै शिक्षाको गुणस्तरीयताका लागी अभिभावकहरूलाई सक्रिय बनाउने कार्यमा शिक्षा युवा तथा खेलकुद शाखा र शिक्षा समिति जिम्मेवार बन्दै अनुगमन तथा सुपरिवेक्षण गर्ने कार्यलाइ निरन्तरता दिने निर्णय गरिएको छ ।

बैठकबाट शिक्षकहरूको पेसागत सहयोगका लागी शिक्षक पेसागत व्यवस्थापन कार्यविधि २०७७ अनुसार विज्ञ समूह गठन गरिएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र जोशीको संयोजकत्वमा समुह गठन गरिएको हो ।

चौरपाटी गाउँपालिकाका शिक्षा शाखा प्रमुख जोशीका अनुसार शिक्षा क्षेत्रको सुधारको शिक्षक दरवन्दि मिलान, कार्य सम्पादनका आधारमा प्रधानाध्यापकको जिम्मेवारी हेरफेर विद्यालय अनुगमन लगायतका विषयमा पनि आवश्यक निर्णय गरिएको छ ।

बैठकबाट पारित निर्णय यथाशीघ्र कार्यान्वयनमा जाने र शिक्षा क्षेत्रका सुधारका लागी थप टेवा पुग्ने शाखा प्रमुख जोशीले विश्वास व्यक्त गरेका छन् ।


क्याटेगोरी : शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode