Hikmat Acharya
  • ७ जेठ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

अछामको एक विद्यालयले गत वर्षको प्रश्न पत्रको परीक्षा यस बर्ष लिएपछि …..


अछामको एक विद्यालयमा गत वर्षको प्रश्न पत्रको परीक्षा यस बर्ष लिइएको छ ।

जिल्लाको साँफेबगर नगरपालिकामा रहेको सूर्य चन्द्र माद्यामिक विद्यालयमा कक्षा १२ को अर्थशास्त्रको गत वर्षको प्रश्न पत्रमा यस बर्ष परीक्षा लिइएको हो ।

सूर्यचन्द्र माद्यामिक विद्यालयका परीक्षा केन्द्र कायम भएका ३ वटा विद्यालयका ५६ जना विद्यार्थीले गत वर्षको प्रश्न पत्रको परीक्षा यस बर्ष दिएका हुन् ।

परीक्षामा सहभागी जनकल्याण माद्यामिक विद्यालयका विद्यार्थी लोकश बुडथापाका अनुसार उनीहरूले परीक्षा दिएर घर आइसके पश्चात् मात्रै आफूहरूले गत वर्षको प्रश्न पत्रको परीक्षा दिएको चाल पाएका थिए ।

परीक्षामा सहभागी भएका ५६ जना विद्यार्थी सबैले गत वर्षको प्रश्न पत्रको परीक्षा दिएको कुरा घर आएपछि मात्रै चाल पाएको उनले बताएका छन् ।

कक्षा कोठामा शिक्षकले प्रश्न पत्र बितरण गरे पश्चात् आफूहरूले मिति नहेरी परीक्षा दिएको उनको भनाई छ ।

यता विद्यालयका प्रधानाध्यापक देवेन्द्र बहादुर शाहले भने सामान्य प्राविधिक त्रुटिका कारण गम्भीर त्रुटि भएको बताएका छन् । उनका अनुसार यस वर्षको प्रश्न पत्र डाउनलोड गरिएको पेन ड्राइभमा गत वर्षको प्रश्न पत्र पनि सेभ गरिएका कारण प्रिन्ट गर्ने क्रममा भूलवश गत वर्षकै प्रश्न पत्र प्रिन्ट भई विद्यार्थीलेलाई वितरण हुन पुगेको हो ।

प्रश्न पत्र आधा घण्टा अघि मात्रै अनलाइनमा उपलब्ध हुने र प्रिन्ट गर्दा हतार हुने भएकाले यो त्रुटि भएको उनी बताउँछन् ।

परीक्षाका क्रममा भएको त्रुटिबारे राष्ट्रिय परीक्षा बोर्डलाई जानकारी गराइएको बताउँदै उनले यस बिषयमा सहजीकरणका लागी आवश्यक पहल भईरहेको बताएका छन् ।

सूर्यचन्द्र माद्यामिक विद्यालय जनकल्याण माद्यामिक विद्यालय,वैद्यनाथ माद्यामिक विद्यालय र त्रिपुरा सुन्दरी माद्यामिक बिद्यालयको परीक्षा केन्द्र हो ।


क्याटेगोरी : पश्चिम खोज, शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode