Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाम बहुमुखी क्याम्पसको प्रमुखमा शाही : शैक्षिक हबको रुपमा विकास गर्ने प्रतिबद्धता (कुराकानी सहित)


अछाम बहुमुखी क्याम्पसको प्रमुखमा ध्रुव शाही चयन भएका छन् । क्याम्पस संचालक समितिले क्याम्पस प्रमुखको जिम्मेवारी शाहीलाई दिएको हो ।

क्याम्पस संचालक समिति अध्यक्ष तथा मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा सम्पन्न संचालक समितिको शुक्रवारको बैठकले शाहीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको संचालक समिति उपाध्यक्ष यज्ञराज ढुंगानाले बताएका छन् ।

यस अघि सहायक प्रमुख रहेका शाहीको क्याम्पस प्रमुखको कार्यकाल ४ वर्षको हुने छ । नव नियुक्त क्याम्पस प्रमुख ध्रुव शाहीले अछाम बहुमुखी क्याम्पसलाई यस क्षेत्रको शैक्षिक हबका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

रेडियो बान्नीगढीसंग कुराकानी गर्दै उनले क्याम्पसको शैक्षिक तथा भौतिक सुधारका लागी राजनीतिक आग्रह पूर्वाग्रहलाई टाढै राखेर अघि बढ्ने बताएका छन् । यस अघिको अनुभवलाई सदुपयोग गर्दै शैक्षिक तथा प्रशासनिक दक्षता उचित ढंगले प्रस्तुत गर्ने उनको भनाइ छ ।

यसै बिच आज हामीले नव नियुक्त क्याम्पस प्रमुख ध्रुव शाहीसँग क्याम्पसको शैक्षिक सुधारका योजनाबारे कुराकानी गरेका छौ ।

कुराकानी :-


क्याटेगोरी : शिक्षा, समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode