Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सरकारी स्कुल सुधार्न तम्सिए अध्यक्ष बि.सी. : यस्तो छ रणनीति (कुराकानी सहित )


सरकारी तुर्माखाद गाउँपालिकामा सामुदायिक बिद्यालयको शैक्षिक स्तर सुधारका लागी जनप्रतिनिधि,शिक्षक तथा कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना गर्ने अभियान तीव्र पारिएको छ ।

अभियान अनुरूप गाउँपालिकाका जनप्रतिनिधिले निजी विद्यालयमा पढिरहेका आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गर्न थालेका छन् ।

गाउँपालिकाका अध्यक्ष स्वयम डम्बर बि.सी.ले पनि आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।

गत वर्षदेखि चालु शैक्षिक सत्रलाई सामुदायिक विद्यालय सुधारको वर्षको रुपमा लिने गरी पूर्व तयारी अनुरूप पहिलो चरण आफैँबाट सुरुवात गरिएको गाउँपालिका अध्यक्ष बि.सी.को भनाई छ ।

उनका अनुसार पालिकामा सार्वजनिक पदधारण गरेका व्यक्तिका छोराछोरीलाई गाउँमै ल्याएर भर्ना गर्नका लागि यही वैशाख २२ गतेसम्म समय दिइएको छ । लामो समयदेखी सदरमुकाम सहित जिल्ला बाहिर पठन पाठन गराइरहेका अभिभावकहरूले यो अभियानलाई साथ दिइरहेको उनले बताएका छन् ।

गाउँपालिकाले जारी गरेको सूचनालाई अटेरी गर्ने कर्मचारी,शिक्षक,जनप्रतिनिधिका सवालमा गाउँ कार्यपालिकाको बैठकले निर्णय गर्ने र सोही अनुसार अघि बढ्ने गाउँपालिका अध्यक्ष बि.सी.ले जानकारी दिएका छन् ।

कुराकानी : डम्बर बि.सी.


क्याटेगोरी : शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode