Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

वडा सदस्य शेट्टिले मागे प्रधानाध्यापक कुँवरको राजीनामा


सरस्वती माद्यामिक विद्यालय जयगढका प्रधानाध्यापक टेक बहादुर कुँवरको पदबाट राजीनामा माग भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीका वडा सदस्य पुरन शेट्टिले प्रधानाध्यापक कुँवरको पदबाट राजीनामा माग गरेका हुन् ।

बुधवार विद्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमका क्रममा वडा सदस्य शेट्टिले विद्यालयका प्रधानाध्यापक कुँवरले विद्यालयका सवालमा गैरजिम्मेवारीपूर्ण जवाफ दिएको बताउँदै पदबाट राजीनामा माग गरेका थिए ।

केहि समय पहिले विद्यालयमा पूर्ण रुपमा पठान पाठन नहुने गरेको तथा बिद्यार्थीहरु समय अगावै विद्यालय छोडेर घर जाने गरेको बिषयमा प्रधानाध्यापकको ध्यानाकर्षण गराउँदा उनले गैर जिम्मेवारीपूर्ण जवाफ फर्काएको शेट्टिको भनाई छ ।

वडा सदस्य शेट्टिका भनाइमा बिद्यार्थीहरु विद्यालय समय अगावै विद्यालय छोडेर जाने गरेको बिषयमा ध्यानाकर्षण गराउँदा प्रधानाध्यापक कुँवरले ‘के म विद्यार्थीलाई गल्याउँ (दाम्लो ) लगाएर बाँधेर राखौँ त ? ” भन्दै जवाफ फर्काएका थिए ।

प्रधानाध्यापक कुँवरको गैरजिम्मेवारीपूर्ण जवाफबाट आक्रोशित बनेका शेट्टिले आज बिद्यालयको अन्तरक्रिया कार्यक्रमका क्रममा कि आफ्नो भनाइलाई फिर्ता लिन नभए प्रधानाध्यापक पदबाट राजीनामा दिन माग गरेका हुन् । यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर शेट्टिले भने बिद्यालयको शैक्षिक तथा प्रशासनिक सुधारका लागी वडा सदस्यले सुझाव राखेको प्रतिक्रिया दिएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर शेट्टिको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद प्रमुख अतिथि थिए ।

कार्यक्रममा बिभिन्न राजनीतिक दलका अगुवाहरूले बिद्यालयको प्रशासनिक कमीकमजोरी लगायतका बिषयमा ध्यानाकर्षण समेत गराएका छन् ।

सरस्वती माद्यामिक बिद्यालयको धुमिल इतिहास

सरस्वती माद्यामिक बिद्यालयको विगतको इतिहास समेत धुमिल छ । कहिल्यै प्रश्न पत्र बाहिरिएको घटना त कहिले बिद्यालयको खेल मैदानमा मदिराका बोतल थुपार्न अनुमति दिएको निकृष्ट उदाहरण यस विद्यालयसँग छन् ।

यस्तै बिद्यालयको भवनको पिलर बाङ्गो निर्माण गरेको विषय पनि चर्चामा आएको थियो ।


क्याटेगोरी : पश्चिम खोज, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode