Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

लागु औषध दुर्व्यसनी न्यूनीकरणका लागी बान्नीगढीमा वक्तृत्वकला प्रतियोगिता


लागु औषध दुर्व्यसनी न्यूनीकरणका लागी पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ ।

गाउँपालिका महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको यस आर्थिक वर्षको वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता सम्पन्न भएको हो ।

पालिकाका ६ वटै वडामा रहेका माद्यामिक विद्यालयका कक्षा ९ र १० का छात्र र छात्राहरूबिच लागूपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि विद्यार्थीहरूको भूमिका शीर्षकमा प्रतियोगिता गराइएको थियो ।

प्रतियोगितामा नन्दा माद्यामिक विद्यालयका छात्रा सिरिशा रावलले उत्कृष्ट स्थान हाँसील गरेकी छन् । प्रतियोगिता अन्तर्गत छात्रा तर्फ सरस्वती माद्यामिक विद्यालयकी सुमरिन स्वार र छात्र तर्फ ऐश्वर्य माद्यामिक विद्यालयका त्रिलोक ओझा प्रथम भएका छन् ।

यस्तै छात्र तर्फ बिन्देवासीनि माद्यामिक विद्यालयका रमित शाह सरस्वती माद्यामिक विद्यालयका निलेश विश्वकर्मा क्रमशः द्धितिय र तृतीय भएका छन् ।

यस्तै छात्रा तर्फ नन्दा माद्यामिक विद्यालयकी रेजिना रावल र राष्ट्रभाषा माद्यामिक विद्यालयका समीक्षा खड्का क्रमशः द्धितिय र तृतीय स्थान हाँसील गर्न सफल भएका छन् ।


क्याटेगोरी : पालिका, शिक्षा, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode