Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

राष्ट्रिय समावेशी म्युजिक अवार्डमा लिलु

NIM अवार्डका लागी छाउ कथाले चर्चित म्युजिक भिडियो ‘लिलु’ लाई यसरी गर्न सकिन्छ भोट


सुदूरपश्चिमको छाउ प्रथाबारे यथार्थता प्रदर्शन सहित चर्चामा आएको म्युजिक भिडियो लिलु राष्ट्रिय समावेशी म्युजिक अवार्ड (NIM) का लागी मनोनयनमा परेको छ ।

राष्ट्रिय समावेशी म्युजिक अवार्डको उत्कृष्ट देउडा भाका तर्फ म्युजिक भिडियो लिलु मनोनयनमा परेको हो ।

निम अवार्डको छैटौँ संस्करणको कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी एरा प्रोडक्सन प्रा.ली.ले लिएको छ ।

विभिन्न भाषा भाषीका गरी कुल ४२ विधामा प्रतिस्पर्धामा रहेका कलाकार, स्रष्टा तथा सर्जकहरूलाई अनलाइन भोटिङ प्रक्रिया र निर्णायकहरूको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने निम अवार्डका अध्यक्ष तथा पिम नेपालका अध्यक्ष माधव राज खरेलले बताएका छन् ।

भाषा भाषीका गरी कुल ४२ विधामा प्रतिस्पर्धामा रहेका कलाकार, स्रष्टा तथा सर्जकहरूलाई अनलाइन भोटिङ प्रक्रिया र निर्णायकहरूको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने निम अवार्डका अध्यक्ष तथा पिम नेपालका अध्यक्ष माधव राज खरेलले बताएका छन् ।

उत्कृष्ट देउडा भिडियो तर्फ मनोनयनमा परेसँगै ‘लिलु’ का निर्माता तथा कलाकार लक्ष्मी प्रसाद शर्मा एल.पी ले दर्शक तथा स्रोताको माया र सद्भावले यहाँसम्म आइपुगेको प्रतिक्रिया दिएका छन् ।

आगामी यात्राका लागी सबै दर्शक तथा स्रोताबाट साथ सहयोगको अपेक्षा सहित शर्माले भोट गरिदिन समेत आग्रह गरेका छन् ।

भोटिङ यही माघ २६ गतेसम्म मात्र खुला रहने बताइएको छ। उत्कृष्ट देउडा भिडियोका लागी मनोनयनमा परेको ‘लिलु’ लाई यो लिङ्कमा क्लिक गरी आवश्यक निर्देशनको पालना गर्दै भाट गर्न सकिन्छ ।

लिङ्कका लागी माथि निलो रङ्गमा देखिएको ‘लिङ्क’ लाई क्लिक गर्नुहोला ।

 


क्याटेगोरी : कला-साहित्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode