Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुदूरकी चेली बिपना बिष्टको स्वरमा ‘परिणाम’ सार्वजनिक (भिडिओ सहित)


नेपाली गीत ‘परिणाम’ को फिमेल भर्सन बजारमा आएको छ ।

‘परिणाम’ बोलको मेल भर्सनको सफलता पछि फिमेल भर्सन युट्युब मार्फत सार्वजनिक गरिएको हो । 

सुदूरपश्चिम प्रदेशको कैलालीकी बिपना बिस्टको स्वरमा सार्वजनिक भएको गीतको फिमेल भर्सन समीप निरौला अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ । 

बायुपोलर डिसर्डर लागेको नुरले आफ्नो बुवा मारिसकेपछिको उसको बाँकीको जीवनमा आधारित रहेको कथावस्तुमा बनेको ‘परिणाम’ फिमेल भर्सनमा कैलालीकी बिष्टको स्वर, संकेत अगस्तीको संगीत र साक्षी(श्रेयको शब्द साथै विशाल निरौलाको संगीत संयोजन र रञ्जन राइको मिक्स मास्टरिङ रहेको छ। 

यस म्युजिक भिडियोमा समीप निरौला, मिशेल घिमिरे, नूर दाहाल, आराध्य निरौला र श्रेय अगस्तीको मुख्य अभिनय रहेको छ भने लक्षिता चापागाईँ, भूपेन्द्र निरौला र कृतिका गौतमको विशेष भूमिका रहेको छ ।

साक्षी(श्रेय र सुवास शाहको पटकथा, सुवास शाहको सहायक निर्देशन र स्क्रीन्प्ले, माधव शर्माको मुख्य सहायक निर्देशन, राम के.सी.को छायांकन, टेकेन्द्र शाहको सम्पादन र जिन्सन खत्रीको शृङ्गार रहेको यो म्युजिक भिडियोको निर्देशन संकेत अगस्तीको रहेको छ भने निर्माता प्रेम थापा र श्रीकृष्ण निरौला हुन्। 

‘परिणाम’ फिमेल भर्सनको कथावस्तुले आफ्नो बुवाको हत्यारा भएपछि नुरको १० वर्षे सुधार गृहको जीवन, त्यसपछि मानवीसँगको उसको भेट साथै उसको रोगले निम्त्याएको ‘परिणाम’ उसले मात्र नभएर उसकी श्रीमती र उ सँग जोडिएका अरू पात्रले पनि भोग्नुपरेको कुरा जताएको छ।

भिडिओ :-


क्याटेगोरी : कला-साहित्य, भिडीयो

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode