अछाम वाङ्मय प्रतिष्ठान गठन : अध्यक्षमा हिमाल उदासी चयन
अछामको भाषा,कला,साहित्य,संस्कृतिको जगेर्नाका साथै खोज अनुसन्धान गर्ने उद्देश्यका साथ अछाम वाङ्मय प्रतिष्ठान गठन गरिएको छ । साँफेबगरमा एक कार्यक्रमका बिच हिमाल उदासीको अध्यक्षतामा प्रतिष्ठान गठन गरिएको हो ।
साहित्यकार मोहन दि खीको अध्यक्षतामा भएको भेलाबाट अछाम वाङ्मय प्रतिष्ठानको तदर्थ समिति गठन गरिएको प्रतिष्ठानका सचिव नवीन चिरागले जानकारी दिएका छन् ।
प्रतिष्ठानले अछामी भाषा,कला,साहित्य र संस्कृतिको जगेर्नाका साथै खोज अनुसन्धान र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य राखेको छ ।
साहित्यमा छुट्टै पहिचान बनाउन सफल अछाम जिल्लामा पछिल्लो समय साहित्य अभियान सुस्ताएकोप्रति चिन्ता व्यक्त र्द जिल्ला स्थित अगुवा साहित्यकारहरूले अछामको साहित्यलाई पुर्न उत्थान गरि नयाँ पहिचान बनाउन प्रतिष्ठानले भूमिका खेल्ने दाबी गरेका छन् ।
अछामको साहित्य पुर्नउत्थानका लागी अछाम वाङ्मय प्रतिष्ठानले साँफेबगरमा शनिवार हुने साँफेबगर महफिलमा २० लाखको अक्षय कोष स्थापनाका लागी प्रस्ताव पेस गर्ने अध्यक्ष हिमाल उदासीले जानकारी दिएका छन् ।
प्रतिष्ठानले निकट भविष्यमै वैधानिकता प्राप्त गरि व्यक कार्यक्रमहरू संचालन गर्ने बताईएको छ ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : कला-साहित्य, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया