Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

इन्डियन आइडलबाट नेपाल फर्किएकी मेनुकालाई गृह जिल्लामा भव्य स्वागत


काठमाडौं । इन्डियन आइडलमा सहभागी भएर नेपाल फर्किएकी मेनुका पौडेलको गृहजिल्ला झापामा भव्य स्वागत गरिएको छ । इन्डियन आइडलको टप १० बाट बाहिरिएकी उनी आज नेपाल फर्किंदा झापामा भव्य स्वागत गरिएको हो ।

मेनुकालाई काँकडभिट्टामा स्थानीयले फूलमालासहित स्वागत गरेका छन् । उनलाई गाडीमा राखेर काँकडभिट्टा नगर परिक्रमा गराइएको छ ।

इन्डियन आइडलको जारी १४ औँ सिजनबाट टप १० बाट बाहिरिएपछि मेनुकाले आफ्नो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको बताएकी थिइन् । “यो मेरो सुरुआत हो, अन्त्य होइन,” उनले भनेकी थिइन् ।


क्याटेगोरी : कला-साहित्य, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode