Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कोजाग्रत पूर्णिमामा लाग्ने सैनिगडा मेला अव देखी चतुर्दशीमा लाग्ने


हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन लाग्दै आएको सैनिगडा मेला यस बर्षदेखी कोजाग्रत चतुर्दशीका दिन लाग्ने भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनको सैनिगडामा हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन लाग्दै आएको सैनिगडा मेला यस बर्षदेखी कोजाग्रत चतुर्दशीका दिन लाग्ने भएको हो ।

वडा सरकार र स्थानीय अगुवा तथा सर्वसाधारणको सर्वपक्षीय निर्णय अनुसार यस बर्षदेखी मेलालाई बिगतका वर्षभन्दा एक दिन अघि तथा चतुर्दशीका दिन मनाइने निर्णय गरिएको वडा अध्यक्ष किरण खत्रीले बताए ।

वडा अध्यक्ष खत्रीका अनुसार चतुर्दशीका दिन राँगा तथा बोकाको बलि दिइने छ भने कोजाग्रत पूर्णिमाका दिन देउडा खेल लगायत विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिने छ ।

परापूर्व काल देखी हरेक बर्ष तिमिल्सैनको सैनिगडामा कोजाग्रत पूर्णिमाका दिन बर्दादेवी मताको पूजा अर्चना गरि राँगा तथा बोकाको बलि चढाउने प्रचलन रही आएको छ ।


क्याटेगोरी : कला-साहित्य, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode