Hikmat Acharya
  • ७ जेठ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

कला संस्कृति जगेर्नाका लागी देउडा प्रतियोगीता कार्यक्रम बरदादेवीमा सम्पन्न


कला संस्कृति जगेर्नाका लागी देउडा प्रतियोगिता कार्यक्रम बरदादेवीमा सम्पन्न भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीको आयोजनामा देउडा प्रतियोगिता सम्पन्न भएको हो । वडा अध्यक्ष नवराज साउँदको अध्यक्षतामा भएको देउडा प्रतियोगिता कार्यक्रममा गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद प्रमुख अतिथि रहेका थिए ।

छाउ प्रथा,महिला हिंसा, बाल विवाह, पोषण लगायत कानुन सम्बन्धी विषयवस्तु समेटेर गरिएको देउडा प्रतियोगितामा वडाका ६ वटा टिम सहभागी भएका थिए जस मध्य टुपारम्टा देउडा समूह प्रथम,मालुकाट्या समूह द्धितिय,बसौटी समूह तृतीय भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले देउडा मार्फत सचेनामुलक कार्यक्रम गर्नुले सकारात्मक सन्देश दिने विश्वास लिएका छन् । संस्कृतिको संरक्षण समेत हुने र जनचेतना समेत फैलाउने गरि कार्यक्रम आयोजना गरिएकोमा गाउँपालिका अध्यक्ष साउँदले वडालाई धन्यवाद ज्ञापन गरेका छन् ।

पछिल्लो समय आयातित संस्कृतिमा युवापुस्ता रमाउन थालेकोमा चिन्ता व्यक्त गर्दै उनले धर्म संस्कृति र देउडा संरक्षणमा लाग्नु सबैको दायीत्व हुनेमा जोड दिए ।

यस्तै वडा अध्यक्ष नवराज साउँदले प्रतियोगितामा सहभागिता जनाई रचनात्मक प्रस्तुति दिने सबै देउडा खेलाडीलाई धन्यवाद ज्ञापन गरेका गरेका छन् । धर्म संस्कृतिबाट नै नागरिकको पहिचान हुने भएकाले आफ्ना मौलिक परम्परा र संस्कृति संरक्षण गर्न लाग्नुपर्ने उनको भनाई छ ।

आगामी दिनमा समेत देउडा प्रतियोगिता लगायतका रचनात्मक क्रियाकलापमा वडा सरकार अग्रसर हुने उनले प्रतिबद्धता जनाएका छन् ।


क्याटेगोरी : कला-साहित्य, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode