Techie IT
  • २६ मंसीर २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

कला संस्कृति जगेर्नाका लागी देउडा प्रतियोगीता कार्यक्रम बरदादेवीमा सम्पन्न


कला संस्कृति जगेर्नाका लागी देउडा प्रतियोगीता कार्यक्रम बरदादेवीमा सम्पन्न

कला संस्कृति जगेर्नाका लागी देउडा प्रतियोगिता कार्यक्रम बरदादेवीमा सम्पन्न भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीको आयोजनामा देउडा प्रतियोगिता सम्पन्न भएको हो । वडा अध्यक्ष नवराज साउँदको अध्यक्षतामा भएको देडा प्रतियोगिता कार्यक्रममा गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद प्रमुख अतिथि रहेका थिए ।

छाउ प्रथा,महिला हिंसा, बाल विवाह, पोषण लगायत कानुन सम्बन्धी विषयवस्तु समेटेर गरिएको देउडा प्रतियोगितामा वडाका ६ वटा टिम सहभागी भएका थिए जस मध्य टुपारम्टा देउडा समूह प्रथम,मालुकाट्या समूह द्धितिय,बसौटी समूह तृतीय भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले त सचेनामुलक कार्यक्रम गर्नुले सकारात्मक सन्देश दिने विश्वास लिएका छन् । संस्कृतिको संरक्षण समेत हुने र जनचेतना समेत फैलाउने गरि कार्यक्रम आयोजना गरिएकोमा गाउँपालिका अध्यक्ष साउँदले वडालाई धन्यवाद ज्ञापन गरेका छन् ।

पछिल्लो समय आयातित संस्कृतिमा युवापुस्ता रमाउन थालेकोमा चिन्ता व्यक्त गर्दै उनले धर्म संस्कृति र देउडा संरक्षणमा लाग्नु सबैको दायीत्व हुनेमा जोड दि ।

यस्तै ड अ्कष नवराज साउँदले प्रतियोगितामा सहभागिता जनाई रचनात्मक प्रस्तुति दिने सबै देउडा खेलाडीलाई धन्यवाद ज्ञापन गरेका गरेका छन् । धर्म संस्कृतिबाट नै नागरिकको पहिचान हुने भएकाले आफ्ना मौलिक परम्परा र संस्कृति संरक्षण गर्न लाग्नुपर्ने उनको भनाई छ ।

आगामी दिनमा समेत देउडा प्रतियोगिता लगायतका रचनात्मक क्रियाकलापमा वडा सरकार अग्रसर हुने उनले प्रतिबद्धता जनाएका छन् ।


क्याटेगोरी : कला-साहित्य, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode