Techie IT
  • २५ मंसीर २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा


स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगदबहादुर शाहीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ ।

अख्तियारले शाहीसहितका व्यक्तिले औषधि खरिदमा झुटा बिल बनाएर भरष्टाचार गरेको आरोप लागेको हो ।

तत्कालीन प्रमुख शाहीसहित स्टोर प्रमुख गोविन्द खनाल र अहेव सिताराम चौधरीले मिलेमतोमा कार्यालयमा सामान नल्याएर फर्जी खरिद विल पेश गरेर भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

उनीहरुविरुद्ध परेको उजुरीका आधारमा अनुसन्धान गर्दा मेडिकल सामग्रीहरु खरिद नै नगरेको पाइएको अख्तियारले जनाएको छ ।


क्याटेगोरी : अपराध, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode