Hikmat Acharya
  • ८ कात्तिक २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

अछाम नामको मात्रै छाउगोठमुक्त : बान्नीगढीमा मात्रै अझै छन् २९४ छाउगोठ


छाउगोठ मुक्त भइसकेको अछाम नाममा मात्रै गोठमुक्त जिल्ला घोषणा भएको पछिल्ला तथ्यले पुष्टि भइसकेको छ ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा बलात्कारपछि बेहोस अवस्थामा छाउगोठमा एक किशोरी भेटिएको घटनाले समेत तथ्यलाई थप पुष्टि गरेो छ ।

छाउगोठमा आफूमाथि आफन्तले नै सामूहिक बलात्कार गरेको ती किशोरीले प्रारम्भिक बयान दिएकी छन् ।

उनको बयानका आधारमा प्रहरीले घटनाका सन्दर्भमा थप अनुसन्धान गरिरहेको छ ।

एक प्रतिवेदन अनुसार छाउगोठमा बसेकै कारण अछाममा छाउगोठमा बस्दा बलात्कृत भएर, निसासिएर, सर्पले टोकेर अछाममा मात्रै १७ वर्षमा १४ जना महिला तथा किशोरीको मृत्यु भइसकेको छ । ज्यान गुमाउने १४ जनामध्ये बान्नीगढी जयगढ गाउँपा किशोरी र १ महिला पनि छन् ।

बान्नीगढीमा अझै छन् २ सय ९४ छाउगोठ :-

अछाम जिल्लालाई नै छाउगोठमुक्त घोषणा गर्ने क्रममा बान्नीगढी जयगढ गाउँपालिका पनि २०७६ सालमा एक भव्य कार्यक्रमका बिच छाउपडी गोठमुक्त पालिका घोषणा गरिएको थियो ।

२०७६ मै छाउपडी गोठमुक्त पालिका घोषणा भइसकेको यस पालिकामा २ सय ९४ वटा छाउगोठ भएको एक तथ्याङ्कले देखाएको छ ।

पालिकाको महिला,बालबालिका तथा ज्ेष्ठ नारक शाखाले वडा स्तरीय महिला संजाल तथा किशोरी समूह मार्फत संकलन गरेको तथ्याङ्क अनुसार पालिकाका १ हजार ८ सय ६६ घरधुरीमध्ये २९४ घरधुरीका महिनावारी समूहका महिला तथा किशोरीहरू छाउपडी गोठमा बस्ने गरेका छन् ।

वडा नम्बर १ गाज्रामा भने छाउगोठको संख्या शून्य देखीएको छ वडा नम्बर ४ तिमिल्सैनमा २ सय १३ घरधुरी रहेकोमा ४ वटा छाउगोठ रहेका छन् ।

६ वटा वडामध्ये सबै भन्दा बढी वडा नम्बर २ जनालकोटमा छाउगोठ रेा न । ४५ घरधुरी रहेको यस वडामा छाउगोठको संख्या १ सय रहेको छ ।

यस्तै वडा नम्बर ३ बरदादेवीमा ४५४ घरधुरीमा ७७ र वडा नम्बर ५ कालिकामा ३ सय ९३ घरधुरी रहेकोमा २४ वटा छाउगोठ रहेका छन् ।

भूगोलको हिसाबले सबै भन्दा ठुलो वडा ६ नम्बर दर्नामा ३७४ घरधुरी रहेकोमा छाउगोठको संख्या ८९ छ ।

जनप्रतिनिधि स्वयम् र परिवारका सदस्य नै छाउगोठमा बस्छन् :-

बान्नीगढी जयगढ गाउँपालिकामा शुक्रवार योित िशरी तथा हललाई सुरक्षित महिनावारी व्यवस्थापन सम्बन्धी सचेतनामूलक अभियान कार्यक्रममा आफ्नो वडामा छाउगोठको अवस्थाबारे सङ्कलित तथ्याङ्क प्रस्तुत गर्ने क्रममै जनालीकोटकी एक किशोरी स्वयमले आफू पनि छाउगोठमा बस्ने गरेको खुलासा गरिन् ।

उनले भनिन ‘झुट पनि के बोल्नु , म स्वयम् पनि छाउगोठमै बस्छु , यो परिपाटी बदल्न सबै जिम्मेवार बन्नुपर्छ ‘

परिवार र छिमेकीको डरले छाउगोठमा बसदै आको उनको भा थयो ।

ा्ीढी जयगढ गाउँपालिकाका एकाध बाहेक सबै जसो महिला जनप्रतिनिधि स्वयम् आफै छाउगोठमा बस्छन् भने पुरुष जनप्रतिनिधिका श्रीमती र परिवार समेत छाउगोठमा बस्दै आएको बताइन्छ ।

अनौपचारिक कुराकानीमा महिला जनप्रतिनिधि स्वयम् ,पुरुष जनप्रतिनिधिले आफ्ना श्रीमती र परिवारका सदस्य छाउगोठमा बस्ने गरेको स्विकार्ने समेत गरेका छन् ।

यी तथ्याङ्कसँग विनायकमा छाउगोठम किोरीाथि बलात्कार भको टनले छाउपडी ोठुक्त घोषणा भएको जिल्ला अछाम र घोषणालाई गिज्याएको छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ कार्यान्वयनमा चुनौती :-

मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ।

यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जिबाा वा दुवै साय हुसक्े व्यवस्था नयँ कनुले गरेको छ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले यश किसिमको कसुर गरे गराएमा दोब्बर जरिवाना हुने व्यवस्था छ ।

छाउगोठमा बस्नु वा बस्न लगाउनुलाई कानुनले अपराध मानेको छ । यस सन्दर्भमा आवश्यक कानुन बने पनि कार्यान्वयनमा भने चुनौती देखिन्छ ।

यस्तो कसुरमा प्रहरी तथा अदालतमा कुनै पनि जाहेरी नै नपर्ने र परिहालेमा समुदायबा असहयोग गर्ने परिपाटी कायम दखिन्छ

पालिामा आयजित समीक्षा का्यक्मका हभाीहरले महिनावारीसँग जोडिएका रुढीवादी मूल्यमान्यता र व्यवहारहरू परिवर्तन गरिनुपर्ने धारणा राखेका छन् ।

छुवाछूत र छाउपडी अन्त्यका लागि सचेतना बढाउन समुदायका र धार्मिक नेताहरूको भूमिका महत्त्वपूर्ण हुने उनीहरूको धारणा छ।

विद्यालयका छात्राहरूले शिक्षकहरूले महिनावारी सम्बन्धी शिक्षा दिँदा परिवार समुदायलाई समावेश गर्नुपर्े सुझाव दिएा छन्।

नीहरूल विद्यलयल महिनावारीमा प्रोग गरने प्याड ि:शुल्क उपलब्ध गराउनुपर्ने र विद्यालय हातामा पानीको सुविधा भएको र गोप्यता कायम रहने खालको शौचालय हुनुपर्ने धारणा राखेका छन्।

महिला स्वास्थ्य स्वयंसेवकहरूको भूमिका पनि महत्त्वपूर्ण हुनसक्ने अध्ययनको निष्कर्ष छ।

अनुसन्धानकर्ताहरूले समुदायमा चेतना अभिवृद्धि गर्न सरकारको भूमिा महत्त्वपूर्ण हुने भन्दै त्यसका लाि सरकारे छाउपडी सम्बन्ी कानुनो सशक्त रपमा ालना गर्नुपर्ने सुझा दिएक छन्।

साथै उनीहरूले अहिले देखिएका कुरीति अन्त्य गर्न शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने पनि बताएका छन्।

बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा पालिका उपाध्यक्ष बिन्दु रावल,वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू ,वभिन्न विद्यालयका प्र.अ. तथा प्रतििधि लगयत सरोकारवालाको हभागिता हेको थियो ।

कार्यक्रमको संचान तथा सहजीकरण नाव सुब्ा तिलकमान ठकुल्लाले गरेका थिए ।




क्याटेगोरी : अपराध, पश्चिम खोज, पालिका, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode