Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीका २ वडामा ‘हाम्रो पहिचान’ कार्यक्रमका लागी किशोरी समूह गठन


बान्नीगढी जयगढ गाउँपालिकाका २ वटा वडामा ‘हाम्रो पहिचान” नामक कार्यक्रम संचालनका लागी किशोरी समूह गठन गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ बर्दादेवी र वडा नम्बर ४ तिमिल्सैनमा किशोरी समूह गठन गरिएका हुन् ।

जस अन्तर्गत बर्दादेवीमा भावना ताम्राकारको अध्यक्षतामा १९ सदस्यीय र तिमिल्सैनमा विनीता तिमिल्सैनाको अध्यक्षतामा २१ सदस्यीय किशोरी समूह गरिएको बताईएको छ ।

अन्तर्राष्ट्रिय दातृ निकाय गल्र्स अपर्चुनिटि अलाइन्सको आर्थिक सहयोगमा सम विकास नेपाल मार्फत यी २ वडामा ‘हाम्रो पहिचान” परियोजना संचालन भएको छ । परियोजनाले विशेष गरि महिला तथा किशोरी लक्षित र अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्ने छ ।

आगामी मे महिनासम्म संचालन हुने परियोजनाले महिला किशोरीहरू र अपाङ्गता भएका व्यक्तिहरूलाई स्थापित गर्नुका साथै सशक्तीकरणका क्षेत्रमा काम गर्ने परियोजनाका फिल्ड संयोजक पवन गिरीले बताएकी छन् ।

उनका अनुसार महिला र किशोरीको सशक्तीकरणका लागी विद्यालय तथा टोल स्तरमा स्वास्थ्य,शिक्षा,पोषण, यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा बिभिन्न क्रियाकलाप संचालन गरिने छ । यही उद्देश्य अनुरूप बिभिन्न गतिविधि संचालन गर्न किशोरी समूह गठन गरिएको हो ।

वडा नम्बर ३ बर्दादेवीका वडा अध्यक्ष नवराज साउँदले परियोजनाले सचेतिकरणका सवालमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । उनले परियोजना अनुसार उद्देश्य प्राप्तिका लागी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode