Hikmat Acharya
  • ७ चैत्र २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

अछामको एक स्कुलमा छात्रालाई बोक्सी लागेको भन्दै झाँक्रीका नाममा शारीरिक यातना (भिडिओ सहित)


विद्यालयमा नयाँ ज्ञान,गुण सिक्ने थलो हो । सामान्यतया कसैलाई विद्यालयमा के हुन्छ ? भनेर प्रश्न गरियो भने त्यसको एउटै उत्तर आउँछ – पढाइ हुन्छ । कहिले कसो अन्य अतिरिक्त क्रियाकलाप पनि हुन्छन् ।

तर, अछामको एक विद्यालयमा भने त्यो भन्दा फ । ढकारी गाउँपालिका वडा नम्बर १ रिमाको विश्व ज्योति आधारभूत विद्यालयका छात्रा छात्रले धामी झाँक्रीको भेषमा रमिता देखाएका छन् । भिडिओमा देखिएअनुसार एक बालिका बिरामी अवस्थामा छन् भने दुई बालक झाँक्रीको रुपमा काँपी रहेका छन् ।

बालिकाको उपचार गर्ने निहुँमा उनलाई चड्कन लगाउने र भुत्ल्याउने गरिएको दृश्य भिडिओमा देख्न सकिन्छ । झाँक्री मार्फत बिरामी बालिकाको उपचार गरिरहेको देिने िि वदयल ल्याब कक्षमा खिचिएको छ । त्यहाँ अन्य विद्यार्थी र शिक्षकहरू पनि छन् । उनीहरूले स्थानीय भाषामा बिरामी बालिकालाई सन्चो बनाउन आग्रह गरिरहेको सुन्न सकिन्छ ।

झट्ट हेर्दा अनौठो लाग्ने यो भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको । यसबारेमा चर्चा र विभिन्न टीकाटिप्पणी पनि भइरहेको छ ।

भिडिओमा छात्रालाई भूत लागेको भनेर केही छात्राको आवाज पनि सुनिएको, दुई जना छात्रलई देत आको भन्दै ातराा लाार गरेको दृश्यसँगै शिक्षकहरू पनि देखिएकाले अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय,अछामका इन्स्पेक्टर अजुर्न साउदले बताएका छन् ।

भिडिओ :


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode