Hikmat Acharya
  • ९ जेठ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि गण्डकी प्रदेशलाई


तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ ।

पोखरा रंगशालाको कभर्ड हलमा आज भएको खेलमा एपीएफ क्लबलाई ३–२ को सेटले हराउँदै गण्डकीले उपाधि जितेको हो ।

पहिलो सेटमा पराजित भएको गण्डकीले दोस्रो र तेस्रो सेट जित्यो । चौथो सेट एपीएफले जित्दा खेल २–२ सेटको रोमाञ्चक अवस्थामा पुग्यो । अन्तिम सेट १५–८ ले जित्दै गण्डकी उपाधि जित्न सफल भयो ।

उपाधिसँगै गण्डकीले पाँच लाख रुपैयाँ र उपविजेता बनेको एपीएफले साढे दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यस प्रतियाेगिताकाे महिलातर्फको उपाधि भने सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । आजै भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पन्छाउँदै एपीएफले उपाधि जितेको हो ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode