Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी जयगढ गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न 


बान्नीगढी जयगढ गाउँपालिकामा भएको राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा सरस्वती मा वि प्रथम भएको छ ।

विभिन्न विधामा भएको खेलमा ५, स्वर्ण १० रजत र कास्य ५ गरी जम्मा २० वटा विधामा प्रथम भएर सरस्वती मावि प्रतिगोगीताको उपाधि जित्न सफल भएको हो ।

यस्तै छनोट प्रतियोगितामा विन्ध्यावासिनी मा वि दर्ना द्धितिय स्थान प्राप्त गर्न सफल भएको छ भने नन्दा मावि तृतिय स्थान ओगट्न सफल भएको छ ।
पौष २३ गते बाट सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पालिकाका ६ वटा माध्यामिक विद्यावलयका खेलाडिहरुको सहभागिता रहको थियो । पौष २३ गते बाट सञ्चालन भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको समापन आज बुधबार २५ गते भएको हो ।

 

समापन कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउदले खेलको माध्यमबाट राष्ट्रको नाम चिनाउने बिश्वास ब्यक्त गरे । उनले आगामी दिनमा गाउँपालिका भित्रका खेलाडीहरूको क्षमता अभिवृद्धिका लागी गाउपालिकाले ठोस योजना बनाएर अगाडी बढ्ने पनि बताए ।


कार्यक्रमको विशिष्ट अतिथिको बोल्दै गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले अनुशासित भएर खेलाडीले खेल खेलेको बताईन् । बान्नीगढी जयगढ गाउँपालिकाबाट यस अघि राष्ट्रिय स्तरमा खेलाडीहरुले खेल खेलिसकेको बताउदै उपाध्यक्ष रावलले यस शिल्ड प्रतियोगिताताले पनि जिल्ला क्षेत्र हुँदै राष्ट्रिय स्तरमा खेलाडीले खेल खेल्ने दावि गरिन् ।

प्रगियोगितामा बिभिन्न वडाका जनप्रतिनिधी, राजनितिज्ञ, समाजसेवी, बुद्धीजिबी लगायत सरोकारवाला सबैको सहभागिता रहेको थियो ।

 


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode