पिएनजीले जित्यो टी २० सिरिजको उपाधि, फाइनलमा नेपाल पराजित
काठमाडौं । हङकङमा जारी टी २० सिरिज क्रिकेटको उपाधि पिएनजीले जितेको छ । नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले टी २० सिरिजको उपाधि जितेको हो ।
हङकङमा पिएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा ८५ रनमा समेटिएको हो ।
नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा पिएनजीका सेसे बाउ, काबुआ मोरिया, सेमो काम र चाड सोपरले २–२ विकेट लिए ।
यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।
हङकङका लागि ओपनर टोनी उराले ६१, अले नाओले ३०, हिला वारेले १८, किप्लिन डोरिगाले १४, चाड सोपरले १३ र हिरि हिरिले १५ रनको योगदान दिएका थिए ।
बलिङमा नेपालका कुशल भुर्तेल र आकाश चन्दले ३–३, गुल्सन झा र करण केसीले एकएक विकेट लिएका थिए ।
भण्डारी नेपाल पत्रकार महासंघ अछामका सह सचिव समेत हुन् । उनले समसामयिक विषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : खेलकुद, राष्ट्रिय, समाचार
प्रतिक्रिया