Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

पालिकाले सहयोग नगर्दा बान्नीगढीका खेलाडी अलपत्र : अरू पालिकाबाट खेल्न बाध्य


आर्थिक अभावका कारण जिल्लाकै नामी बान्नीगढी जयगढ गाउँपालिकाको भलिबल टिम अलपत्र परेको छ ।

राष्ट्रिय स्तरमा नाम चलेका खेलाडीले भरिपूर्ण आफैमा फेमस बान्नीगढीको भलिबल टिम आर्थिक अभावमा अलपत्र परेको हो ।

गाउँपालिकाले आर्थिक व्यवस्थापन गर्न नसक्ने भएपछि बान्नीगढीका चर्चित भलिबल खेलाडी अन्य पालिकामा अनुबन्धित हुने भएका छन् ।

साँफेबगरमा आयोजित सांस्कृतिक तथा खेलकुद महोत्सवमा संचालन हुने भलिबल प्रतियोगितामा बान्नीगढीका ३ जना राष्ट्रिय खेलाडी गोविन्द टमट्टा,महेश टमट्टा र सुनिल ठकुल्लाले अन्य पालिकाका तर्फबाट भलिबल खेल्ने छन् ।

खेलाडी गोविन्द टमट्टाले साँफेबगर नगरपालिकाबाट,महेश टमट्टा र सुनिल ठकुल्लाले मेल्लेख गाउँपालिकाका तर्फबाट भलिबल खेल्ने बताईएको छ ।

उनीहरूले माघ १४ गतेदेखि आयोजित मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका तर्फबाट खेल खेलेका थिए ।

साँफेबगरमा फागुन २ गते अर्थात् बुधवारबाट राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता सुरु हुदैछ ।

राष्ट्रिय खेलाडीले भरिएको चर्चित बान्नीगढी गाउँपालिकाको भलिबल टिमलाई दर्शक तथा सर्वसाधारणले प्रतियोगिताको दाबेदारका रुपमा आँकलन गरे पनि गाउँपालिकाले पैशा उपलब्ध गराउन नसक्ने भएपछि अन्य पालिकाबाट खेल्न बाध्य हुनु आफैमा लाज मर्दो विषय हो ।

खेलकुद क्षेत्र र खेलाडीको सवालमा गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदको गैर जिम्मेवारीपन उदाङ्गो भएको छ । सार्वजनिक मञ्चमा खेलकुद र खेलाडीका पक्षमा गाला बजाउने अध्यक्ष साउदको बोली र व्यवहारमा भने आकाश पातलको फरक देखिन्छ ।

बान्नीगढी जयगढ गाउँपालिकाले गएको कार्तिक १३ गतेदेखि १६ गतेसम्म आयोजना गरेको प्रथम गाउँपालिका अध्यक्ष कपको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले चर्को स्वरमा भाषण गर्दै खेलकुद क्षेत्र र खेलाडीको पक्षमा काम गर्ने ठोकुवा गरे । प्रतियोगिताका पालिकाको टिम प्रथम भएसँगै खुसी मुद्रामा रहेका उनले चिल्कि चमकका बाजा बजाएरै छोड्ने उल्लेख गरे ।

उनले खेल प्रतियोगिताको मञ्चमै दिएको भाषण र अहिलेको हविगतको अवस्था हेर्दा उनको बोली र व्यवहारमा कुनै पनि तालमेल मिल्दैन ।

बान्नीगढीका प्रतिष्ठित भलिबल खेलाडी मेल्लेख गाउँपालिकाबाट खेल्न बाध्य भएको बिषयमा बुझ्न हाल काठमाण्डौमा रहेका अध्यक्ष साउँदलाई टेलिफोन गर्दा समेत उनले तल्लोस्तरको प्रतिक्रिया दिए ।

बान्नीगढीका दर्शकले मेल्लेखको पक्षमा हुटिङ गर्नुपर्ने पो अवस्था आउने भयो नि भन्ने प्रश्नमा मेल्लेख पनि हाम्रै त हो जताबाट खेलेपनि के फरक पर्‍यो र ? उनले भने बान्निगढीका खेलाडीले जिते मेल्लेखको त इज्जत रहला ।

खेलकुद शीर्षकको पैशा सकिएको र हिउँदे सभा गर्न ढिलाइ भई बजेट रकमान्तर गर्न नसक्दा पनि खेलाडीका लागि पैशा व्यवस्थापन गर्न नसकिएको अध्यक्ष साउदको आशय थियो ।

गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले भने बिभिन्न प्रतियोगितामा प्रथम हासिल गर्दा हौसला स्वरूप आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराएको स्मरण गराउदै आफू खेलकुद र खेलाडिको पक्षमा रहेको दोहोर्याईन ।

पालिकाको टिमलाई प्रतियोगितामा सहभागी गराउँदा हुने खर्च रकमलाई पछि अनुमोदन गर्न कुनै समस्या नहुने बताउँदै उनले यश बिषयमा आफूसँग आवश्यक सहकार्य नभएको बताएकी छन् ।

केही साता अघि सम्पन्न भएको मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा सुदूरपश्चिम टिमका तर्फबाट सहभागिता जनाएका बान्नीगढीका खेलाडी महेश टमट्टा , सुनिल ठकुल्ला र गोविन्द टमट्टालाइ व्यक्तिगत रुपमा प्रतिव्यक्ति १० हजारका दरले पुरस्कृत गर्ने समेत उनले प्रतिबद्धता जनाईन् ।

स्रोतका अनुसार पालिकाको खेलकुद शीर्षकको पैशा सकिए पश्चात् साँफेबगरमा आयोजित प्रतियोगितामा बान्नीगढीको टिमलाई सहभागी गराउन पालिकाका खेलकुद प्रशिक्षक मनोज साउद (फाईरिंग) ले स्पन्सरका लागि हर सम्भव कोसिस गरे पनि सफल नहुँदा उनी चुप बस्न बाध्य बनेका छन् ।

यो पनि पढ्नुस् :-

राष्ट्रिय खेलाडीलाई अपमान गर्दै लेखा अधिकृत खनाल : अध्यक्ष र उपाध्यक्षको गलेन दाल 


क्याटेगोरी : खेलकुद, पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode