Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी जयगढ गाउँपालिका 

राष्ट्रिय खेलाडीलाई अपमान गर्दै लेखा अधिकृत खनाल : अध्यक्ष र उपाध्यक्षको गलेन दाल 


बान्नीगढी जयगढ गाउँपालिकाका लेखा अधिकृत नारद प्रसाद खनाल कार्यालयको भुक्तानी र नियमित कामकाजका बिषयमा बेला बेला विवादमा आइरहने पात्र हुन् । 

गाउँ सभालाई बेवास्था गरि कार्यालयलाई कुनै पनि जानकारी नदिई काठमाण्डौँ दौडने देखी बिभिन्न बाहानामा सेवाग्राहीको समयमै काम नगर्ने अनावश्यक दुःख दिने लगायतका कार्यले उनी बेलाबेला विवादमा आइरहन्छन् । 

यसै बिच तिनै लेखा अधिकृत नारद प्रसाद खनालले बान्नीगढी जयगढ गाउँपालिकाका वडा नम्बर ६ दर्नाका राष्ट्रिय भलिबल खेलाडी महेश टमट्टाको अपमान गरेको खुलेको छ । 

राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागिता जनाए पश्चात् उनको हौसलाका लागी सम्मान स्वरूप गाउँ कार्यपालिकाले गत वैशाखमा रु २० हजार प्रदान गर्ने निर्णय गरेकोमा उक्त रकम लेखा अधिकृत नारद प्रसाद खनालकै कारण भुक्तानी हुन नसकेको खुलासा भएको हो । 

२०७९ असोज २८ गतेदेखी कार्तिक ३ गतेसम्म पोखरामा सम्पन्न भएको नवौँ राष्ट्रिय भलिवल प्रतियोगीतामा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाका महेश टमट्टा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोतीमा सहभागी भएका थिए ।

यहि अवसरमा बान्नीगढी जयगढ गाउँ कार्यपालिकाकौ गत बैशाखको कार्यापालिका बैठकका महेशको हौसला सम्मानका लागी रु २० हजार प्रदान गर्ने निर्णय गरेको थियो ।

बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा गत वैशाखमा सम्पन्न भएको बैठकबाट सर्वसम्मत रुपमा महेश टमट्टालाई २० हजार रुपैयाँ सम्मान स्वरूप प्रदान गर्ने निर्णय पारित गरिएको वडा नम्बर २ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक नेत्र साउँदले पुष्टि गरेका छन् । 

गाउँपालिका सरकारले राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी भएका खेलाडीलाई सम्मान स्वरूप २० हजार प्रदान गर्ने निर्णय गरे पश्चात् खेलाडी महेशले उक्त रकम भुक्तानीका लागी निवेदन लगायतका सम्पूर्ण प्रकृया पुरा गरेका थिए । 

महेशको निवेदनमा तत्कालीन कार्यालय प्रमुख झनक रेग्मीले कार्यपालिका बैठकको निर्णयको प्रतिलिपि सहित भुक्तानीका लागी लेखा शाखालाई तोक आदेश गरेका थिए । 

कार्यपालिका बैठकको निर्णयलाई कार्यान्वयन गर्दै आवश्यक प्रकृया पुरा गरि लेखा शाखामा पेस भइसकेको फाईलको भुक्तानी रोकिएको कुरा असार मसान्तपछि आफूलाई जानकारी भएको तत्कालीन कार्यालय प्रमुख रेग्मीको भनाई छ । 

उनका अनुसार कार्यपालिका बैठकको निर्णय अनुसार भुक्तानीका लागी पेश भएको फाइलको भुक्तानी नहुनु लेखा शाखाको कमजोरी हो । 

राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी भएका खेलाडी महेशलाई दिने निर्णय गरिएको २० हजार रुपैयाँ भुक्तानी नहुनुको कारणबारे बुझ्न लेखा अधिकृत खनाललाई टेलिफोन गर्दा उनको फोन उठेन । 

गाउँपालिकाले आफूलाई प्रोत्साहन स्वरूप २० हजार रुपैयाँ दिने निर्णय गरेको सुनेसँगै निकै हर्षित भएको भलिबल खेलाडी महेश बताउँछन् ।

कार्यपालिका बैठकले प्रदान गर्ने निर्णय गरेको रकम बुझ्न आवश्यक सम्पूर्ण प्रकृया पुरा गरि लेखा शाखामा फरक फरक दिन गरि ४ पटक सम्म धाउँदा लेखा अधिकृत खनालले आज खातामा आज जम्मा गर्दिन्छु भोली जम्मा गर्दिन्छु भन्दै अल्झाएको महेशको भनाई छ ।

प्रोत्साहन स्वरूप प्रदान गर्ने निर्णय गरिएको रकम बुझ्न पटक पटक लेखा शाखा धाएर भिक मागे झैँ गर्दा समेत भुक्तानी नभएपछि महेशलाई हौसलाको सट्टा हतोत्साहित पारेको छ ।

गाउँपालिका सरकारले सर्वसम्मतका साथ महेशलाई सम्मान स्वरूप दिने भनिएको रकम भुक्तानी नगरी लेखा प्रमुख नारद प्रसाद खनालले कार्यपालिका तथा गाउँपालिका सरकारलाई ठाडो चुनौती दिएका छन् । 

लेखा अधिकृत नारद प्रसाद खनालले सेवाग्राहीलाई अनावश्यक दुःख दिने,नियमित कामकाजमा नखटिने,मन नलागे लेखा शाखामा दिउसै बन्द गर्ने मात्र नभई गाउँ सभा जस्तो गरिमामय कार्यक्रमलाई बेवास्था गरि कार्यालयलाई जानकारी समेत नदिई हप्तादिन बढी सम्पर्कमा नरहँदा समेत गाउँपालिका सरकार र सरकारको बागडोरमा रहेकाहरू मूकदर्शक बन्नुले लेखा अधिकृत र बागडोरमा रहेका जनप्रतिनिधि बिच अवाञ्छित हिमचिम रहेको प्रस्ट हुन्छ । 

खेलाडी महेश टमट्टा

 


क्याटेगोरी : खेलकुद, पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode