साफ यू १९ महिला फुटबलमा नेपाल भारतसँग पराजित
![](https://ap-south-1.linodeobjects.com/assets.paschimraibar.com/2024/02/nepal-phutball-tem.png)
काठमाडौं । साफ यू १९ महिला च्याम्पियनसिपअन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतसँग ४९० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो हाफ शून्यको बराबरीमा सकिए पनि खेलको दोस्रो हाफमा भारतले ४ गोल गरेको हो ।
भारतका ाग खेलको ५४ औं मिनेट र ८१ मिनेटमा नेहाले गोल गरिन् । ८६ औं मिनेटमा सुलन्जना राउलले र त्यसपछि सिन्डी कोनीले गोल गर्दै नेपाललाई ४–० ले पछि पारिन् ।
यो हारसँगै चार टिम सम्मिलित प्रतियोगितामा भुटान र नेपाल बाहिरिएका छन् । भारतले बिहीबार घरेलु टिम बंगलादेशसँग फाइनल खेल्नेछ ।
![](https://www.paschimraibar.com/wp-content/uploads/2023/03/NAMRAJ-e1679051637512.jpeg)
भण्डारी नेपाल पत्रकार महासंघ अछामका सह सचिव समेत हुन् । उनले समसामयिक विषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया