Hikmat Acharya
  • ७ जेठ २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

जयगढमा खानेपानीको हाहाकार : गाउँपालिका तालाबन्दीदेखी चक्काजाम गर्ने तयारी


लामो समयदेखी खानेपानीको समस्या झेल्दै आएका जयगढबजारवासी आक्रोशित बनेका छन् । खानेपानी समस्या समाधानमा गाउँपालिका सरकारले बेवास्था गरेको भन्दै उनीहरू आक्रोशित बनेका हुन् ।

खानेपानी समस्याबाट आजित भएका उनीहरूले एक भेला मार्फत आन्दोलनका कार्यक्रम घोषणा समेत गरेका छन् । आफूहरूको समस्याको सुनुवाइ नगरिए यही वैशाख २७ गते देखी चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्ने उनीहरूको तयारी छ ।

जयगढ बजार व्यवस्थापन समितिका अध्यक्ष पुरन बहादुर शेट्टिको अध्यक्षतामा एक भेलाको आयोजना गर्दै उनीहरूले खानेपानी समस्या समाधानका लागी पालिका सरकारलाई जोडदार माग गर्ने देखी समस्या समाधान नभए आन्दोलन गर्ने निर्णय पारित गरेका हुन् ।

जस अन्तर्गत भोली मंगलवार गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाइने छ भने ३ दिन भित्र समस्याको सुनुवाइ नभएमा संघर्षका कार्यक्रम संचालन गरिने छ ।

संघर्षका कार्यक्रम अन्तर्गत यही वैशाख २७ गते र्‍याली सहित गाउँपालिका कार्यालयमा तालाबन्दी गर्ने,जयगढ बजार पूर्ण रुपमा बन्द गर्ने,जयगढ बजारसँग जोडिएका सम्पूर्ण सडकमा चक्काजाम गर्ने निर्णय गरिएको छ ।

विशेष गरि जयगढ बिचबजारदेखी रोड बजार,भुवामाझ,देवल बजार र ताम्राकार टोलमा खानेपानीको चरम अभाव हुने गरेको छ । हाल जयगढ बसपार्कमा अलपत्र अवस्थामा रहेको डिपबोरिंग व्यक्तिगत लगानीमा संचालन भइरहँदा पनि गाउँपालिका सरकार मूकदर्शक बन्नुले सरकारको गैरजिम्मेवारीता उदांगो भएको भेलाका सहभागीले बताएका छन् ।

उल्लेखित क्षेत्रमा दीर्घकालीन रुपमा खानेपानी समस्या समाधानका लागी बसपार्कमा रहेको डिपबोरिंग गाउँपालिकाले संचालन गर्नुपर्नेमा उनीहरूको जोड छ । हाल जयगढ बसपार्कमा अलपत्र अवस्थामा रहेको डिप बोरिंग स्थानीय सरस्वती कुँवरले निजी लगानीमा संचालन गर्दै आइरहेकी छन् ।

अस्थायी रुपमा डिप बोरिंग संचालन गर्दा आफ्नो व्यक्तिगत १२ लाख खर्च भएको कुँवरले बताएकी छन् । उनका अनुसार बिजुलीको महसुल मात्रै मासिक रुपमा ६ हजार बढी आउने गर्छ । बजार क्षेत्रमा खानेपानीको हाहाकार भएपछि हाल डिप बोरिङमा भिडभाड पानी लिन आउनेहरूको भिड लाग्ने गरेको छ ।

यता गाउँपालिकाले खानेपानी समस्या समाधानका लागी मिटर पद्धति मार्फत धारा बितरण गर्ने तयारी भईरहेको बताउँदै आएको छ । जयगढमा खानेपानी योजनाका नाममा मात्रै केहि बर्ष यता २ करोड हाराहारीमा बजेट खर्च भइसकेको छ भने गाउँपालिकामा खानेपानी व्यवस्थापनका लागी मात्रै ५ जना कर्मचारी कार्यरत रहेका छन् ।

बान्नीगढीमा खानेपानी हाहाकार समाधानका लागी पालिकामा छलफल : यस्ता छन् निर्णय (भिडिओ सहित)

कतै फालाफाल कतै हाहाकार : आक्रोशित स्थानीयले काटे खानेपानी पाइप (भिडिओ सहित)


क्याटेगोरी : पश्चिम खोज, पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode