Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीमा खानेपानी हाहाकार समाधानका लागी पालिकामा छलफल : यस्ता छन् निर्णय (भिडिओ सहित)


जयगढमा खानेपानी हाहाकार भएपछि आक्रोशित बनेका स्थानीयले खानेपानीको पाइप काटेसँगै समस्या समाधानका बिषयमा छलफल गरिएको छ ।

खानेपानी हाहाकार भएसँगै आक्रोशित समूहले सोमवार पाइप काटेपछि खानेपानी समस्या समाधानका बिषयमा गाउँपालिकामा छलफल गरिएको हो ।

आक्रोशित समूह लगायत सरोकारवालासँग छलफल पश्चात् समस्या समाधानका लागी बिभिन्न निर्णय समेत गरिएको छ ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा गाउँपालिका सभा हलमा सम्बन्धित पक्षसँग आवश्यक छलफल पश्चात् यथाशक्य खानेपानी लाइन बिस्तार तथा पानी व्यवस्थापन गर्ने निर्णय पारित गरिएको छ भने समस्या समाधानका लागी समिति गठन गरि आवश्यक काम अघि बढाउन निर्देशन दिइएको छ ।

हाहाकार पश्चात् सिर्जित स्थितिका बिषयमा पाइप काट्ने समूहले आत्मालोचना गरेका छन् भने परिस्थिति सिर्जना हुनुमा गाउँपालिका सरकार र विशेष गरि खानेपानी शाखा मुख्य दोषी रहेको सहभागीले ठहर गरेका छन् ।

हाललाई निजी रुपमा मनोमानी ढंगले जडान गरिएका सबै धाराहरू हटाउने सार्वजनिक जरुरी संस्था तथा सार्वजनिक स्थानमा मात्रै धारा संचालन गर्ने निर्णय पारित गरिएको छ ।

बजार व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर शेट्टिको संयोजकत्वमा धारा व्यवस्थापनका लागी लागी द्रुत व्यवस्थापन टोली समेत गठन गरि आवश्यक कामकाज अघि बढाइएको छ ।

गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षको मसान्त सम्ममा मिटर पद्धति मार्फत एक घर एक धारा बितरण गरिसक्ने प्रतिबद्धता व्यक्त गर्दै गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले हाललाई आपसी सद्भाव र सहकार्यका माध्यमबाट खानेपानी समस्या समाधानमा सहयोग गर्न आग्रह गरेका समेत गरेका छन् ।

भिडिओ सहित :

यो पनि पढ्नुस् :-

कतै फालाफाल कतै हाहाकार : आक्रोशित स्थानीयले काटे खानेपानी पाइप (भिडिओ सहित)


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode