Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी जयगढ गाउँपालिका

कतै फालाफाल कतै हाहाकार : आक्रोशित स्थानीयले काटे खानेपानी पाइप (भिडिओ सहित)


जयगढ बजारमा खानेपानीबाट वञ्चित स्थानीयले खानेपानीको पाइप काटेका छन् ।

ट्याङ्कीमा पर्याप्त पानी भए पनि आफूहरूले खानेपानी नपाएको भन्दै उनीहरूले खानेपानीको मूल लाइनको पाइप काटेका हुन् ।

बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र रहेको जयगढ बजारको बिच बजारका व्यापारी तथा स्थानीयहरू लामो समय देखी खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।

उनीहरूका अनुसार बिच बजार बाहेक गैरीबजार,एक्लेसल्ला लगायतका क्षेत्रमा स्थानीय तथा जनप्रतिनिधिहरुले मनलाग्दी ढंगबाट आफ्नो घरमा २ देखि ३ सम्म खानेपानीका धारा जोडेका छन् भने स्थानीयले वारि चार्न र निर्माणाधीन घर चार्न समेत पानीको भरपुर प्रयोग गरिरहेका छन् ।

कुन‌ै घरमा २ वटा धारा संचालनमा हुने अनि आफूहरूले खानेपानी समेत नपाउने भएपछि खानेपानीको पाइप काट्न बाध्य भएको उनीहरूको भनाइ छ ।

गाउँपालिकालाई यश बिषयमा पटक पटक आग्रह गर्दा समेत बेवास्था गरेपछि यो कदम चालेको उनीहरूले बताएका छन् ।

बान्नीगढी जयगढ गाउँपालिकामा खानेपानी व्यवस्थापनका लागि मात्रै ७ जना कर्मचारी कार्यरत छन् ।

शिलामुल खानेपानी आयोजना रेखदेखका लागि १ जना,खालगडा खानेपानी आयोजना रेखदेखका लागि २ जना छातासैन टोटीमुरा खानेपानी रेखदेखका लागी २ जना र गाउँपालिकामा स्थायी २ जना गरि खानेपानी व्यवस्थापनका लागि मात्रै ७ जना कर्मचारीले मासिक तलव भत्ता पाइरहेका छन् ।

जयगढ बजारमा खानेपानी व्यवस्थापनका लागी भन्दै यस आर्थिक वर्षमा मात्रै १ करोड बढीको योजना संचालनमा छ ।

खानेपानी व्यवस्थापनका लागी मिटर पद्धति मार्फत पानी बितरण गर्ने बताइए पनि हालसम्म कुनै सुरसार भने गरिएको छैन ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode