Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

छाउ कथा पछि शिव भक्ति

छाउपडीको कथा बोलेर चर्चामा आएका शर्माले ल्याए जय ‘शम्भो’ (भिडियो सहित)


छाउ प्रथाबारेको म्युजिक भिडियोले चर्चामा आएका निर्माता तथा कलाकार लक्ष्मी प्रसाद शर्माले ‘शम्भो’ नामक म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

भगवान् ‘शिव’ प्रति समर्पित शम्भो मङ्गलवारदेखि बजारमा आएको हो ।

रिदम भिड मार्फत बजारमा आएको शम्भो बोलको म्युजिक भिडियोमा वर्तमान परिस्थितिमा र मानिसहरू स्वार्थी बन्नुका साथै अधर्म बढ्दै गएको विषयलाई प्रस्तुत गर्न खोजिएको छ ।

भगवान् शिवलाई पुकार्दै समाजमा अधर्म बढ्दै गएको नरहरूमा स्वार्थ हाबी भएको लगायतका विषयवस्तुहरू म्युजिक भिडियोमा समेटिएका छन् ।

नेपालका चार धाममध्येको एक धाम वैद्यनाथ धामलाई केन्द्र बिन्दुमा राखेर छायाङ्कन गरिएको भिडियोमा बुढीगंगा लगायत अछामका विभिन्न ठाउँलाई प्रमुख प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।

निर्देशक गौरव गिरिको शब्द सिर्जन र प्रताप दासको स्वरमा सुसज्जित शम्भोमा निर्माता तथा कलाकार लक्ष्मी प्रसाद शर्मा (एल.पी ) मुख्य भूमिकामा रहेका छन् भने अनु परियार,गौरव गिरि,हेमराज कुँवर समर्पण,भद्र जङ्ग कुँवर,रोहित देउवा लगायतले अभिनयमा साथ दिएका छन् ।

सुदूरपश्चिमको छाउ प्रथाबारेको म्युजिक भिडियो लिलु बाट चर्चामा आएका निर्माता तथा कलाकार शर्माका थुप्रै म्युजिक भिडियो बजारमा आइसकेका छन् ।

सृष्टिकर्ता भगवान् शिवको प्राथनासंगै वर्तमान धार्मिक तथा सामाजिक परिस्थितिलाई गीतमा समेटिएकाले दर्शक तथा श्रोताबाट माया पाउने निर्माता तथा कलाकार शर्माको अपेक्षा रहेको छ ।

भिडियो :-


क्याटेगोरी : कला-साहित्य, भिडीयो

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode