Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

एमाले बलियो होस् भन्ने चाहना हो,अरु बिकल्प नभएका होइनन् : रावल


नेकपा एमालेका नेता तथा पूर्व उपाध्यक्ष डा. भीम रावलले अछाममा कार्यकर्ता भेटघाट तथा पार्टीको कार्यक्रममा सक्रिय बनेका छन् ।

साता दिन देखी अछाममा रहेका नेता रावलले पार्टीका बिभिन्न अधिवेशनलाई सम्बोधन गर्ने र यहाँ रहेका नेता तथा कार्यकर्तालाई भेट्ने गरिरहेका छन् ।

चितवन महाधिवेशनमा ओली सँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेपछि ओलीको कोपभाजनमा परेका रावल पार्टी भित्र किनारामा पुग्ने र पार्टी चाल्ने सम्मको अनुमान हुँदै आएको थियो ।

कार्यकर्ता भेटघाटमा सक्रिय रहेका रावलले आफूले पाँच दशक पसिना बगाएको पार्टी छाडेर जाने सोच नरहेको बताएका छन् ।

नेता रावलले आफूसँग थुप्रै विकल्प हुँदा हुँदै पनि एमाले बलियो होस भन्ने चाहानाका साथ पार्टीमा कटिबद्ध भएर लागी परेको उनको भनाई छ ।

नेता रावलले नयाँ पार्टी निर्माण देखी अन्य राजनीतिक दलको नेतृत्वका लागी आफूसँग थुप्रै विकल्प रहेको र एमाले बलियो होस भन्ने बाहेक आफ्नो अर्को कुनै स्वार्थ नभएकै कारण पार्टीकै हितमा सक्रिय बनेको उनको दाबी छ ।

जनताको बहुदलीय जनवादको रक्षाकालागी आफूले चितवन महाधिवेशनमा प्रतिस्पर्धा गरेको प्रस्टीकरण दिए ।

अछाम लगायत सुदूरपश्चिममा एमालेलाई स्थापित गराउन आफूले खेलेको अग्रणी भूमिकाको अवमूल्यन गर्ने गतिविधि चलिरहेको तर्फ संकेत गर्दै रावलले त्यस्ता गतिविधि धेरै दिन नटिक्ने दाबी गर्नु भयो ।

राष्ट्र र राष्ट्रियताका सन्दर्भमा आफ्नो अडानबाट टसमस नहुने भन्दै नेता रावलले पार्टीको कुनै पदकै लागी कसैको सामु घुँडा टेकेर जाने कुरा आफूबाट सम्भव नहुने समेत स्पष्ट पारेका छन् ।

आफू देश र जनताको पक्षमा निरन्तर रहने भन्दै उनले आगामी दिनमा जनता र पार्टी कार्यकर्ताको सुझाव सल्लाह बमोजिम अघि बढ्ने उद्घोष गरेका छन् ।

आफू जनता र कार्यकर्ताको भावना विपरीत नहिँड्ने बताउँदै उनले पार्टी भित्र निषेध कायम राखे आफूसँग भएका विकल्प प्रयोग गर्न बाध्य हुने र त्यो दुर्भाग्यपूर्ण अवस्थाको आफूले कल्पना नगरेको उनको भनाई छ ।

भिडिओ


क्याटेगोरी : भिडीयो, राजनीति, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode