Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाम अस्पताललाई उत्कृष्ट अस्पताल बनाउन सकिन्छ : डा.यादव (कुराकानी सहित)


जिल्ला अस्पताल अछामका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.चन्द्र शेखर यादवले अछाम अस्पताललाई नेपालकै उत्कृष्ट अस्पतालका रुपमा स्थापित गर्न सकिने बताएका छन् ।

जिलला अस्पताल अछामको निमित्त मेडिकल सुपरिटेण्डेन्टको रुपमा जिम्मेवारी सम्हालेका डा.यादवले अछाम अस्पताललाई सबैको सहयोगमा सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै उत्कृष्ट अस्पतालका रुपमा विकास गर्न सकिने बताएका हुन् ।

पश्चिम रैवारसंग कुराकानी गर्दै उनले अस्पताललाई सेवामैत्री अस्पतालका रुपमा स्थापित गर्न आवश्यक प्रयासहरू भइरहेको उल्लेख गरे ।

अस्पतालका चिकित्सकको दरवन्दि अनुसार सेवा प्रवाहका लागि उपकरण अभावका कारण कठिनाइ भईरहेको बताउँदै उनले त्यसको व्यवस्थापनका लागी सम्बन्धित निकायहरूमा पहल गरिएको र यसले अपेक्षित नतिजा हासिल गर्ने उनको विश्वास छ ।

अस्पतालको आर्थिक तथा प्रशासनिक जिम्मेवारी पाएता पनि बिरामीको स्वास्थ्य जाँच गर्नु र बिरामीलाई सहज स्वास्थ्य सेवा प्रदान गर्नु नै आफ्नो प्रमुख दायीत्व हुने उनले उल्लेख गरेका छन् ।

आर्थिक तथा प्रशासनिक क्षेत्रलाई व्यवस्थित गर्दै सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि टिमवर्कमा केन्द्रित भई लागि परेको उनको भनाई छ ।

अस्पतालमा रहेका विशेषज्ञ डाक्टरहरूको दक्षतालाई सदुपयोग गर्न उपकरण व्यवस्थापनका लागि जोड दिइएको उल्लेख गर्दै डा.यादवले थप सेवा बिस्तारका लागि हर सम्भव प्रयास भईरहेको बताएका छन् ।

नेपालमै नमुना अस्पतालका रुपमा उत्कृष्ट बनेर पुरस्कृत भएको अछाम अस्पतालको इतिहास दोहोर्‍याउने उनको अठोट छ ।

आर्थिक प्रशासनिक जिम्मेवारीसंगसंगै बिरामीलाई सन्तुष्ट हुने गरि सेवा प्रदान गर्न नियमित बिरामी जाँच तथा उपचारमा आफू खटिने गरेको उनको दाबी छ ।

अस्पताललाई व्यवस्थित र बिरामीमैत्री अस्पतालका रुपमा स्थापित गर्न स्वास्थ्यकर्मीसंगै ,व्यवस्थापन टिम र आम सर्वसाधारणको पनि उत्तिकै भूमिका हुने भएकाले आवश्यक सहयोग गर्न उनले सवैमा अपिल समेत गरेका छन् ।

अछाम अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.चन्द्र शेखर यादवसँग गरिएको कुराकानी :-


क्याटेगोरी : पश्चिम खोज, भिडीयो, समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode