Techie IT
  • २३ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

भूकम्प प्रभावितका लागि अर्थबाट एक अर्ब निकासा ९३ करोड सम्बन्धित जिल्लामा पठाइयो


भूकम्प प्रभावितका लागि अर्थबाट एक अर्ब निकासा ९३ करोड सम्बन्धित जिल्लामा पठाइयो

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणका लागि सरकारले एक अर्ब रुपैयाँ निकासा गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार अर्थ मन्त्रालयबाट निकासा भएको रकममध्ये ९३ करोड रुपैयाँ सम्बन्धित जिा पठाइएको छ ।

निकासा भएको रकम जाजरकोटमा ५४ करोड, रुकुम पश्चिममा ३४ करोड र सल्यानमा पाँच करोड रहेको छ । अस्ति आइतवार अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ निकासा गरेको थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार हिजो ९३ करोड रुपैयाँ भूकम्प प्रभावित जिल्लामा पठाइएको छ । यसअघि कोषमा जम्मा भएको रकम पठाइएकोमा अहिले अर्थ मन्त्रालयबाट प्राप्त रकम पठाइएको हो ।

कार्यकार परु पोखरेलका अनुसार अर्थबाट निकासा भएको यो रकम पहिलो हो । गएको कात्तिक २७ को मन्त्रिपरिषद् बैठकले १० अर्ब रुपैयाँ पठाउने निर्णय गरेको थियो । त्यसअनुसार अर्थले एक अर्ब भूकम्प पीडितका लागि निकासा गरेको हो ।

यसअघि प्राधिकरणले अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड रुपैयाँ पठाइसकेको छ । यसबाट ती जिल्लामा अवास निर्माणको काम थालिएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार झण्डै ६० हजार ाभग्ाहमधये ५ हजारसँग सम्झौता भएकोमा पहिलो किस्ताबापत चार हजार तीन सय ६४ घर निर्माण भइसकेका छन् ।

 


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode