Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

अछामको बान्नीगढीका साउँद धनगढीबाट बेपत्ता


अछामको बान्नीगढीका साउँद धनगढीबाट बेपत्ता

धनगढी : धनगढीबाट अछामका एक जना पुरुष बेपत्ता भएका छन्।

बान्नीगढी जयगढ गाउँपालिका–६ दर्ना, काँडाकोटका ४८ वर्षीय सर्जन साउँद मंसिर ११ गतेदेखि सम्पर्कविहीन भएको उनका छोरा प्रकाश साउँदले जानकारी दिएका छन्।

रोजगारीका लागि भारत जाने उद्देश्यले अछामबाट धनगढी आएका साउँद बसपार्क आसपासको क्षेत्रबाट हराएका हुन्। उनी हराउँदा कालो पाइन्ट, कालो–सेतो सर्ट र कपडाको टोपी लगाएका थिए।

बेपत्ता साउँदको भेटबारे कुनै जानकारी भएमा नजिकको प्रहरी चौकी वा उनका छोरा प्रकाश साउँदलाई ९७०६५०५९३१ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode