Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा अर्याल


सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा अर्याल

धनगढी : सरकारले बैकुण्ठ प्रसाद अर्याललाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा बैकुण्ठ प्रसाद अर्याललाई बढुवा गरी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गरेको हो।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा अघिल्लो साता सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वैकुण्ठप्रसाद अर्यालको नाम सिफारिस गरेको थियो।

अर्याल वरिष्ठ सहसचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलालीमा कार्यरत थिए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode