Techie IT
  • २३ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

अर्थमन्त्री खनालले गरे सुदूरपश्चिमका मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको निरीक्षण


अर्थमन्त्री खनालले गरे सुदूरपश्चिमका मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको निरीक्षण

धनगढी : अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनकारीले क्षति गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको निरीक्षण गरेका छन्।

सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न आज धनगढी आएका अर्थमन्त्रीले क्षतिग्रस्त संरचनाको निरीक्षण गरेका हुन्।

त्यसक्रममा उनले तोडफोड गर्नेलाई कानुनी कारबाही हुने बताए।

उनले उच्चस्तरीय छानबिन समितिले पेश गरेको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइने बताए।

अर्थमन्त्री खनालले पुनःनिर्माण तथा व्यवस्थापनका विषयमा संघीय सरकारको तर्फबाट आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाए।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode