अछाममा सुस्त मनस्थितिकि बालिका बलात्कृत : एक युवक पक्राउ
अछाम : अछाममा किशोरी करणी गरेको आरोपमा एक यवक पक्राउ परेका छन् । जिल्लाको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय पुष्प साउद जबर्जस्ती करणी आरोपमा पक्राउ परेका हुन् ।
वर्ष १७ की सुस्त मानसिक अवस्थाकी किशोरीमाथि करणी गरेको उजुरी दर्ता भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
बालिकालाई पेट दुखेको कारण मिति २०८२ असोज १९ गते उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले उनको पेटमा २९ हप्ताको गर्भ रहेको पुष्टि गरेका थिए।
गर्भवती भएको जानकारी पाएपछि बालिकाका आफन्तले सोधपुछ गर्दा मिति २०८२ जेठ १४ गते बाँझो खर्क क्षेत्रमा साउदले करणी गरेको घटना खुलेको प्रहरीको भनाइ छ।
पीडित पक्षले मिति २०८२ मंसिर २१ गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दर्ता गराएपछि प्रहरी चौकी ढकारीबाट खटिएको टोलीले हिजो राति करिब २०:४० बजे आरोपित साउदलाई उनको घरमै फेला पारी नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साउदलाई हिरासतमा राखी जबर्जस्ती करणीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको छ।

क्याटेगोरी : समाचार, सुदूरपश्चिम






प्रतिक्रिया