Techie IT
  • २३ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

जोस ब्राउन–क्रिस लिन घर फर्किएपछि सुदूरपश्चिमले कसलाई ल्याउँदैछ?


जोस ब्राउन–क्रिस लिन घर फर्किएपछि सुदूरपश्चिमले कसलाई ल्याउँदैछ?

धनगढी : नेपाल प्रिमियर लिग (एनपीएल) का महत्वपूर्ण खेलहरू नजिकिँदै गर्दा सुदूरपश्चिम रोयल्स दुई अष्ट्रेलियन स्टार जोस ब्राउन र क्रिस लिन प्लेअफअघि नै घर फर्किएपछि विदेशी खेलाडी अभावमा परेको छ।

यिनै दुईको रिक्त स्थान पूर्ति गर्न रोयल्सले भारतीय विकेटकिपर–ब्याट्सम्यान सेल्डन फिलिप ज्याक्सनलाई ल्याउँदैछ।

३९ वर्षीय ज्याक्सन भारतको अनुभवी घरेलु खेलाडी हुन्। १०६ फर्स्ट–क्लास खेलको अनुभव, २१ शतक र ३९ अर्धशतकसँगै उनी घरेलु क्रिकेटमा बलिया खेलाडीका रूपमा चिनिन्छन्।

सौराष्ट्रका लागि २०१२/१३ को रणजी ट्रफीमा चार अर्धशतक र तीन शतक हान्दै उनले चर्चामा आएका थिए।

ज्याक्सनले आईपीएलमा कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर बाट मौका पाए पनि त्यहाँ सफल हुन सकेनन्।

९ खेलमा जम्मा ६१ रन जोड्दै उनी फ्लप साबित भएका थिए। हालै मात्र उनले व्यावसायिक क्रिकेटबाट अवकाश लिने घोषणा गरेका छन्।

जोस ब्राउन र क्रिस लिन अचानक बाहिरिएपछि सुदूरपश्चिमले ज्याक्सनलाई प्लेअफ योजनाको नयाँ विदेशी विकल्पका रूपमा भित्र्याउने तयारी पूरा गरिसकेको जनाएको छ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode