Techie IT
  • २३ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

पुनर्वासका हाकिम थापामाथि अभद्र व्यवहार, कार्यकक्षमै दलियो मलमुत्र


पुनर्वासका हाकिम थापामाथि अभद्र व्यवहार, कार्यकक्षमै दलियो मलमुत्र

धनगढी : धमेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट युवा संगठनले राष्ट्रिय आवास कम्पनीका हाकिमलाई मलमुत्र दलेको छ । कम्युनिष्ट युवा संगठनको पाँच नम्बर ब्युराले पुनर्वास अधिकृत महेन्द्र थापालाई कार्यकक्षमै पुगेर मलमुत्र दलेको हो ।

अधिकृत थापाले पुनर्वास कार्यक्रममार्फत् अबौँ रुपैयाँ अनियमितता गरेको र जग्गा हिनामिना गरेको संगठनको दावी छ ।

उनीहरुले जनकारवाहीको कारण खुलाउँदै भनेका छन्, ‘जनताको नाममा लुटपाट गर्नेहरूलाई अब केवल कागजी फाइलले होइन, जनकोपले भन्दा धेरै कडा तरिकाले जवाफ दिनुपर्ने बेला आएको छ ।’

आगामी दिनहरूमा अन्य भ्रष्ट, कमिसनखोर र दलाल पात्रहरूलाई पनि क्रमिक रूपमा जनकारबाहीको दायरामा ल्याइने संगठनको चेतावनी छ ।

‘मल–मुत्र दलेर गरिएको यो कारबाही भ्रष्टाचारविरुद्धको नौलो तर प्रतिकात्मक चेतावनी हो, जसले राज्य मशीनरीभित्र डेरा जमाएका दलाल–घोटालाहरूमाथि जनताको असन्तोष स्पष्ट देखाउँछ’, संगठनले भनेकाे छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode