Hikmat Acharya
  • २८ असोज २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

मेल्लेखका अध्यक्ष साउँदको स्विकारोक्ति : ‘जनप्रतिनिधि अब सच्चिने वा सक्किने’


अछाम । मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउँदले कर्मचारी र जनशक्तिको अभावका कारण गाउँपालिकाले सार्वजनिक सुनुवाइ नियमित गर्न नसकेको स्विकार गरेका छन्।

२०८१/८२ को सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै अध्यक्ष साउँदले सामाजिक सञ्जाल र चोक–चौराहामा मात्र आलोचना गर्ने तर प्रत्यक्ष संवादमा सहभागी नहुनेहरू पूर्वाग्रही सोचबाट ग्रसित रहेको टिप्पणी गरे।

उनले सुशासन र समृद्धिका सवालमा जनप्रतिनिधि मात्र नभई नागरिक, अगुवा र सरोकारवालाको सक्रिय सहकार्य आवश्यक रहेको बताए। “योजना दिने र रकम बिनियोजन गर्ने मात्र विकास होइन, यसको कार्यान्वयन र पारदर्शिताका लागि जनता नै सचेत हुनुपर्छ,” उनले भने।

जेनजी आन्दोलनलाई लक्षित गर्दै उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न नसक्दा मुलुक यो अवस्थामा आइपुगेको उल्लेख गरे। सेवाग्राहीदेखि सेवा प्रदायक, जनप्रतिनिधि सबैले नयाँ प्रणसहित अघि बढ्नुपर्नेमा उनले जोड दिए।

अध्यक्ष साउँदले जनप्रतिनिधि कुनै दलको नभई जनताको हुनुपर्ने बताए। अब सार्वजनिक पद धारण गरेका व्यक्ति तथा कर्मचारी सेवा प्रदायक सच्चिएर जाने कि सक्किने, मध्ये एक रोज्नुपर्ने अवस्था आएको उनको भनाई छ ।


क्याटेगोरी : पश्चिम खोज, पालिका, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode