Techie IT
  • २३ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै


‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

लिगको चौथो चरण अन्तर्गत आज एक खेल एन्फा कम्प्लेक्स र दुई खेल दशरथ रङ्गशालामा हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा सङ्कटा क्लब र चर्च ब्वाइज युनाइटेड दिउँसो साढे २ बजे खे्दैछन् ।

सङ्कटा ३ खेलमा ४ अङ्क जोडेर आठौँ स्थानमा छ । चर्च ब्वाइज ३ खेलमा ९ अङ्कका साथ शीर्ष स्थानमा छ । यस्तै दशरथ रङ्गशालामा हुने आजको पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब दिउँसो साढे २ बजे खेल्दैछन् ।

जावलाखेल ३ खेलमा ७ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । फ्रेन्ड्स क्लब ३ खेलमा १ अङ्कका साथ १२औँ स्थानमा छ । दशरथ रङ्गशालामा हुने दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

यो खेल बेलुका साढे ५ बजे हुनेछ । साविक विजेता मच्छिन्द्र ३ खेलमा १ अङ्कका साथ १३ औँ स्थानमा छ भने पुलिस ३ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ । यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ ।

यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।


क्याटेगोरी : खेलकुद, राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode