Techie IT
  • २३ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

एमालेमा इश्वर समूहबाट सुदूरपश्चिमका थापा र रावलको चर्चा, भट्ट कता ?


एमालेमा इश्वर समूहबाट सुदूरपश्चिमका थापा र रावलको चर्चा, भट्ट कता ?

धनगढी : सुदूरपश्चिम एमालेभित्र आगामी नेतृत्व चयनलाई लिएर शक्ति–समिकरण रोचक बन्दै गएको छ।

अध्यक्षका दाबेदार ईश्वर पोख्रेल समूहले सुदूरपश्चिमलाई केन्द्रमा राख्दै उपमहासचिवदेखि सचिवसम्मका पदमा आफ्ना उम्मेदवार उभ्याउने प्रयास तीव्र बनाएको छ।

सो समूहले स्थायी समिति सदस्य कर्णबहादुर थापालाई उपमहासचिव र केन्द्रिय सदस्य झपटबहादुर रावललाई सचिवका उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेको बताइन्छ।

यता अहिलेका सचिव लेखराज भट्टलाई पनि सुदूरपश्चिमबाट समेट्न पोख्रेल पक्षको सक्रियता बढेको छ।

अध्यक्ष केपी शर्मा ओलीको नजिक मानिँदै आएका भट्टले भने अहिलेसम्म कुनै समूहलाई खुलेर समर्थन जनाएका छैनन्।

भट्ट ओलीकै लाइनमा उभिन्छन् कि भन्ने चासो बढिरहेको छ तर उनले अन्य पक्षमा उभिए सुदूरपश्चिमबाट पदाधिकारीमा बलियो दाबी कसैले उठाउन नसक्ने अवस्था देखिएको छ।

उपमहासचिवका दाबेदार कर्णबहादुर थापा आठौँ, नवौँ र दशौँ महाधिवेशनबाट केन्द्रिय कमिटी हुँदै स्थायी समिति सदस्य बनेका नेता हुन्।

२०७० को संविधानसभा चुनावमा बाजुराबाट विजयी भइ उद्योगमन्त्रीसमेत बनिसकेका थापा प्रदेशको अनुभवी र बलियो दावेदारका रूपमा हेरिँदै छन्।

सचिवका लागि चर्चामा रहेका झपटबहादुर रावल अनेरास्ववियू र युवासंघ हुँदै केन्द्रिय राजनीति उक्लिएका नेता हुन्।

नवौँ र दशौँ महाधिवेशनमा केन्द्रिय सदस्य भएका उनी २०७४ मा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यसमेत निर्वाचित भइसकेका छन्।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode