डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार
डडेल्धुरा : डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार आउन थालेको छ।
संस्थागत प्रसूति बढाउन गरिएको निरन्तरको प्रयासका कारण पछिल्ला केही वर्षमा घरमै सुत्केरी हुने दर घटेको हो।
पहाडी भू–भाग र दुर्गम बस्तीका कारण लामो समयसम्म डडेल्धुरामा घरमै सुत्केरी हुने दर उच्च थियो।
तर, हाल स्वास्थ्य संस्था, स्थानीय तह र विभिन्न कार्यक्रमको प्रयासपछि यो दरमा सुधार आउन थालेको हो।
अहिले स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूति सेवा उपलब्ध भएपछि संस्थागत प्रसूति दर शून्यमा झरेको अजयमेरु गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक गणेश पालले बताए।
घरमै सुत्केरी हुने संख्यालाई शून्यमा झार्न विगत चार/पाँच वर्षयता जनचेतनाका कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको उनले बताए।
गत आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकालाई घरमा हुने प्रसुति शून्य पालिका घोषणा गरिएको थियो।
गत वर्ष र चालु आर्थिक वर्षको हालसम्म कुनै पनि महिला घरमा सुत्केरी भएको तथ्याङ्क नरहेको पालले बताए।
‘पूर्ण संस्थागत प्रसूति पालिका’ सुदूरपश्चिमभरिकै पहिलो पालिकासमेत अजयमेरु गाउँपालिका रहेको उनले जानकारी दिए।

क्याटेगोरी : सुदूरपश्चिम






प्रतिक्रिया