Hikmat Acharya
  • २४ वैशाख २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

पञ्चदेवल नगरपालिका : गर्भवतीलाई निःशुल्क एम्बुलेन्स, स्वास्थ्य स्वयमसेविकालाइ प्रोत्साहन भत्ता


अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले नगरपालिकाले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन नीतिगत रुपमा काम गरिरहेको बताएकी छन्।

नगरपालिकामा गाउँस्तरसम्म स्वास्थ्य सेवा विस्तार गर्नुका साथै स्वास्थ्य समस्या समाधानमा सक्रिय महिला स्वास्थ्य स्वयंसेविकालाई आवश्यक प्रोत्साहन दिने कार्य समेत अघि बढाइएको उनको भनाइ छ।

उनका अनुसार हाल नगरपालिकाका विभिन्न वडाहरूमा कार्यरत ९१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरूप नगरपालिकाले वार्षिक १५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ।

स्वास्थ्य सेवाको अवस्था बुझ्नका लागि हाल नगरपालिकाका सबै स्वास्थ्य संस्थाहरूमा सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भइरहेको छ।

यसै क्रममा मंगलबार वडा नं. २ स्थित बिनायक स्वास्थ्य चौकीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख चलाउनेले बोल्दै आम नागरिकले स्वास्थ्य उपचार जस्तो संवेदनशील विषयमा लापरवाही गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरिन्।

“व्यक्तिगत विलासिता र मनोरञ्जनमा खर्च गर्न पछि नपर्ने तर गर्भवती महिलाको उपचारमा भने वडापालिकासँग सहयोग माग्ने प्रवृत्ति दुःखद छ,” नगर प्रमुख चलाउनेले भनिन्।

उनले गर्भवती महिलाहरूका लागि नगरपालिकाले जिल्ला अस्पताल तथा बयालपाटा अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको जानकारी दिँदै सो सेवाबाट लाभ उठाउन आग्रह गरिन्।
भिडियो :-


क्याटेगोरी : पालिका, राजनीति, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode