Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कमलबजारमा हाकिम फेरिए : खड्गले गुमाए, चक्रले पाए निमित्तको जिम्मेवारी


कमलबजार नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी चक्र बहादुर बिष्टले पाएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही जेठ १४ गते देखी उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

नगरपालिको आर्थिक कामकाज समेत गर्ने गरि बिष्टलाई मन्त्रालयले जिम्मेवारी दिएको छ ।जनस्वास्थ्य अधिकृत रहेका बिष्ट नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखका रुपमा काम गर्दै आएका थिए ।

नगरपालिकाका सूचना अधिकारी विष्णु बोगटीका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र पश्चात् बिष्टले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।

यस अघि कमलबजार नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा खड्ग बहादुर बिष्टले जिम्मेवारी सम्हाल्दै आएका थिए ।

ज्येष्ठताका आधारमा मन्त्रालयले पुराना अधिकृत खड्ग बिष्टको ठाउँमा चक्र बहादुर बिष्टलाई जिम्मेवारी दिएको बताईएको छ ।

यो पनि …

कमलबजार नगरपालिकामा भूकम्पको अर्को झट्का !

अछामको कमलबजारमा मेयर-उपमेयरबिच द्वन्द्व, कार्यालय ६ दिनदेखी बन्द

कमलबजारमा मेयर उपमेयर बिच भागबन्डा विवादले नगर सभा अनिश्चित : ४ दलद्वारा तालाबन्दी


क्याटेगोरी : टापनटिपन, पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode