Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कमलबजारमा मेयर उपमेयर बिच भागबन्डा विवादले नगर सभा अनिश्चित : ४ दलद्वारा तालाबन्दी


कमलबजार नगरपालिकामा नगरप्रमुख र उपप्रमुख बिचको विवादका कारण नगर सभा हुन नसक्दा हाल सम्म पनि वार्षिक बजेट निर्माण हुन सकेको छैन ।

नगरको वार्षिक बजेटका बिषयमा नगर प्रमुख र उप प्रमुख बिच कुरा नमिल्दा नगर सभा हुन नसेकेपछि हालसम्म पनि वार्षिक बजेट निर्माण हुन नसकेको हो ।

नेपाली काँग्रेसबाट निर्वाचित मेयर यज्ञप्रसाद ढकाल र नेकपा एमालेबाट निर्वाचित उपमेयर शारदा विष्टका बिचमा बजेट निर्माण लगायतका सन्दर्भमा लामो समयदेखी बिवाद हुँदै आइरहेको छ ।

ऊनीहरूका बिचमा अघिल्लो नगर सरकारले नियुक्त गरेका कर्मचारी तथा शिक्षकहरूलाई निरन्तरता दिने र नदिने विषयमा भएको विवादका कारण नगर सभा बस्न नसकेको नगरपालिकाका सूचना अधिकारी विष्णु बोगटीले जानकारी दिएका छन् ।

गएको आइतबार बसेको कार्यपालिका बैठकमा नगर सभाका विषयमा छलफल भए पनि कर्मचारी नियुक्ति र बजेट बाँडफाँटका विषयमा विवाद बढ्दा नगर सभा अनिश्चित भएको सूचना अधिकारी बोगटीको भनाई छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक विष्टले नगर सभाको विषयमा छलफलमा रहेकोले केहि दिनमै नगर सभा बस्ने दाबी गरेका छन् ।

नगरप्रमुख यज्ञप्रसाद ढकाल अघिल्लो सरकारले नियुक्त गरेका कर्मचारी तथा शिक्षकको निरन्तरताको पक्षमा छन् भने उपप्रमुख शारदा विष्ट पुराना कर्मचारी हटाउनुपर्ने पक्षमा रहेकी छन् ।

कमलबजार नगरपालिकामा १० वटा वडा मध्य ८ वडा एमाले र २ वडा काँग्रेसले जितेको छ ।

स्थानीय निर्वाचन २०७९ मा उपप्रमुख सहित ७ वटा वडा जितेको एमालेमा वडा नम्बर १ बाट स्वतन्त्र निर्वाचित वडा अध्यक्ष समेत प्रवेश गर्दा ८ वडा अध्यक्ष सहित कार्यपालिकामा पूर्ण बहुमत छ ।

संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गते बजेट ल्याउनु प्रावधान रहे पछि कमलबजार नगरपालिकाको वार्षिक बजेट हालसम्म अन्यौलमा रहेको छ ।

नगरप्रमुख र उप प्रमुख बिचको विवादका कारण नगर सभा अनिश्चित भएको बिषयमा बुझ्न नगर प्रमुख यज्ञ प्रसाद ढकाल र उप प्रमुख शारदा बिष्टलाई टेलिफोन गर्दा दुवैको फोन उठेन ।

यसै बिच नगरपालिका सरकारमा जनप्रतिनिधिहरू व्यक्तिहरू व्यक्तिगत स्वार्थमा लिप्त भएको र नगरको विकासलाई ओझेलमा पारिएको भन्दै ४ वटा राजनीतिक दलले नगरपालिका कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी,नेपाल मजदुर किसान पार्टी,नेकपा माले,नेकपा एकीकृत समाजवादी पार्टीले नगर पालिका कार्यालय विरोध सभा सहित तालाबन्दी गरेको छ ।

व्यक्तिगत स्वार्थ र दलगत भागवण्डामा नगरका जनप्रतिनिधि लिप्त रहेको,हालसम्म नगर सभा बस्न नसकेको,कर्मचारीहरूले तलब खान नपाएको ,मनपरी कर्मचारी नियुक्त गरिएको लगायतको विरोधमा ४ दलले संयुक्त रुपमा विरोध सभा सहित नगरपालिका कार्यालयमा तालबन्दि गरेको हो ।

४ दलका मागहरू पुरा नहुन्जेल आन्दोलनका कार्यक्रम जारि राख्ने नेपाल कम्युनिष्ट पार्टीका नगर इन्चार्ज निर्मल सिले जानकारी दिएका छन् ।
i


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode