Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

खानेपानी समस्या समाधानका लागी जयगढमा काम तिव्र


बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजार र आसपास क्षेत्रमा खानेपानी समस्या समाधानका लागी काम तीव्र पारिएको छ ।

खानेपानी व्यवस्थापनका लागी बुधवारको भेलाबाट गरिएको निर्णय अनुसार खानेपानी व्यवस्थापन कार्य तीव्र पारिएका हो ।

जस अन्तर्गत केहि दिन पहिले आक्रोशित स्थानीयले काटेका खानेपानी लाइन मर्मत गरि ट्याङ्कीसम्म खानेपानी संचालन गरिएको छ ।

खानेपानी व्यवस्थापनका लागी गठन गरिएको पूर्ण बहादुर शेट्टि नेतृत्वको समितिले बिहीबार खानेपानी लाइन मर्मत गरि ट्याङ्कीसम्म पानी संचालन गरेको छ भने शुक्रवार बजार क्षेत्रमा खानेपानी आपूर्ति गरिसक्ने तयारी गरेको छ ।

समितिले हाललाई खानेपानी समस्या समाधानका लागी जयगढ बिचबजारदेखी भुवामाझ,गैरिबजार,एक्लेसल्ला,थर्पुकाट्टे लगायत आसपासका गाउँमा समेत गरि २६ वटा धारा संचालन गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष पूर्ण बहादुर शेट्टिका अनुसार २६ वटा धारामा १६ एमएमको पाइप मार्फत पानीको आपूर्ति गरिने छ ।

खानेपानी बिस्तारका लागी आवश्यक पर्ने पाइप लगायतका सामाग्री गाउँपालिकाले उपलब्ध गराउने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर रावलले जानकारी दिएका छन् ।

हाललाई खानेपानी समस्या समाधानका लागी मनपरी ढंगबाट जडान गरिएका सम्पूर्ण धाराहरू हटाउने निर्णय यस अघिको बैठकले गरिसकेको छ । समितिको निर्णय विपरीत कार्य गरेका नियमानुसार हदैसम्मको कार्वाही गरिने बताईएको छ ।

जयगढ बजारमा मिटर पद्धति मार्फत खानेपानी बितरण गर्न ठेक्का मार्फत काम गर्न सम्झौता भइसकेको छ । असार मसान्त अगावै जयगढ बजारमा मिटर पद्धति मार्फत एक घर एक धारा बितरण भईसक्ने गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले दाबी गरेका छन् ।

यो पनि पढ्नुस् :-

बान्नीगढीमा खानेपानी हाहाकार समाधानका लागी पालिकामा छलफल : यस्ता छन् निर्णय (भिडिओ सहित)


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode