Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

विश्व कविता दिवस

कला साहित्यको विकासले समृद्ध राष्ट्र निर्माणमा ठुलो टेवा पुग्छ : कवि सत्याल


कवि सुदेश सत्यालले नेपाली भाषा साहित्यको विकास भएमा देश समृद्ध हुने कुरामा ठुलो टेवा पुग्ने बताएका छन् ।

विश्व कविता दिवसको अवसर पारी रेडियो बान्नीगढीले उनीसँग गरेको कुराकानीको क्रममा उनले सो कुरा बताएका हुन् ।

जसरी पुल,बाटोघाटो , बिद्युत खानेपानी बन्दा देश समृद्ध हुन्छ भन्ने बुझाई छ त्यसरी नै भाषा साहित्य र कला कविताको बृहत्तर वृत्ति विकास गर्दा पनि देश समृद्ध हुन्छ भन्ने कुरा बुझ्न जरुरी भएको उनले उल्लेख गरे ।

कविताले मानिसको वाक स्वतन्त्रतालाई बल पुर्‍याउने भएकाले समृद्ध समाजका लागि निकै महत्त्वपूर्ण हुने उनको भनाई छ ।

कविता जुन भाषामा लेखिएको भए पनि यसले मानवीय संवेदना, साझा प्रश्न, साझा भावनालाई समेट्ने उनले बताए । नेपाली साहित्य जगतमा कविताको भूमिका हस्तक्षेपकारी रहेको समेत कवि सत्यालले उल्लेख गरेका छन् ।

यसैबिच आज हामीले विश्व कविता दिवसको अवसर पारी नेपाली कविताको वर्तमान अवस्था के कस्तो छ भन्ने बिषयमा पछिल्लो समयका निकै चर्चित कवि सुदेश सत्यालसँग कुराकानी गरेका  छौँ ।

कुराकानी : कवि सत्याल


क्याटेगोरी : Podcast, कला-साहित्य, राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode